होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
धर्म / संस्कृति

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

  • नागरिक रैबार
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ। आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ। दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्। पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने यस वर्षको छठ पर्व बिहीबार ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो।

भोलि (शनिबार) छठ पर्वको मुख्य दिन रहेको छ। छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ। छठको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ। त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ। अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।

विज्ञापन

यतिबेला सूर्यलाई अर्घ दिन तराई मधेशका नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशय सिंगार्ने काम भइरहेको छ। खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउने काम भइरहेको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार