होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दशैँ तिहारपछि सुदूर पहाडमा जात्राको रौनक
Breaking News

दशैँ तिहारपछि सुदूर पहाडमा जात्राको रौनक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दशैँ तिहारपछि सुदूर पहाडमा जात्राको रौनक

हिन्दुहरुका महान चाड दशैँ र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिना सम्म जात्रा लाग्ने गर्दछ।

शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा द्धितिया तिथिबाट जात्रा शुरु भएको थियो। यी मन्दिरहरुमा रातीको समयमा जात्रा लाग्ने गर्दछ। द्धितिया तिथीबाट शुरु भएको जात्रा पूर्णिमाको दिन सकिने छ।

जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ। जिल्लाको लेकम क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाइ बढि महत्व दिइने गरिन्छ। यस्तै बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न मन्दिरमा समेत जात्रा सुरु भएको छ।

विज्ञापन

विभिन्न शक्तिपीठमा कात्तिक शुक्ल पक्षमा जात्रा तथा मेला लाग्छ। बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ। यस्तै मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै