होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • कपिलवस्तु तनाव : दुई पक्षबीच ११ बुँदे समझदारी, कर्फ्यू कायमै
अपराध

कपिलवस्तु तनाव : दुई पक्षबीच ११ बुँदे समझदारी, कर्फ्यू कायमै

  • नागरिक रैबार
कपिलवस्तु तनाव : दुई पक्षबीच ११ बुँदे समझदारी, कर्फ्यू कायमै

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाले भने, ‘‘बिहीबार राती सबै पक्षबीच सहमति भएको छ । असमझदारी हटाउन सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भए । तर तत्काल कर्फ्यू भने हटाइएको छैन । अवस्था पूर्ण रुपमा शान्त भएपछि कर्फ्यू हटाउँछौं ।’’ ११ बुँदे सम्झौतामा दोषीमाथी कारवाही, घटनाको छानविन, सदभाव कायम राख्ने लगायतका विषय समेटिएको एसपी राणाले बताए ।

बुधबार बेलुका लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवादकै क्रममा बिहीबार स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । बिहीबार नै कर्फ्यूको अवज्ञाका क्रममा एकजना भारतीय नागरिक सुरज पाण्डेको ज्यान गएको थियो । अन्य केही सर्वसाधारण र प्रहरी समेत घाइते भए ।

विज्ञापन

हिन्दू समुदायले लक्ष्मीपूजाको मूर्ति बुधबार साँझ विसर्जन गर्न लैजाँदै गर्दा बाटोमा मुस्लिम समुदायसँग विवाद भएको थियो । बुधबार नै अवस्था असामान्य बनेपछि प्रहरीले २० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले विवाद उग्र बन्दै गएपछि विहीबारदेखि अर्को आदेश नभएसम्मका लागि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर, पूर्वतर्फ ३ सय मिटरमा कर्फ्यू आदेश जारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार