होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुर वि.क./बाजुरा २७ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ३ पुर्वताका मदन कुमार सुनारले जन्मदिनको अवसरमा कन्सन बाजुरामा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । विगतका वर्षहरुमा घरमै सामान्य तरिकाले जन्मदिन मनाउँदै आएका सुनारले मगलबार परेको आफ्नो जन्मदिनको अवसर पारेर कन्सन बाजुरामा रहेका १३ जना अनाथ बालवालिकाहरुका लागि शैक्षिक सामाग्री र फलफुल वितरण गरेका […]
मदन वि.क./बाजुरा २७ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ स्थित कोटबाडाकि १४ वर्षिया स्वस्तिका नेपाली कक्षा ८ मा नियमित अध्ययन गर्ने छात्रा हुन् । उनलाई सूरुमा महिनावारी हुँदा गाउँनजिकै रहेको विद्यालयमा जाने कि नजाने गएपनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सताउने गरेको थियो । सूरुमा महिनावारी हुँदा स्वस्तिका संगै विद्यालयमा जाने […]
विकट पहाडी जिल्ला बझाङ बाट समानुपातिक प्रतिनिधि सभा साँसद अाशा कुमारी विकद्वारा बिकास सम्वन्धी दुई बर्षे अनुभवकाे बारेमा पत्रकार सम्मेलन भएको छ । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा केन्द्रीय साँसद विकले अाफुले साँसद भएको दुई बर्षे अनुभव र गरेको बिकास बारे अाज जिल्लामा पत्रकार सम्मेलन गर्नुभएको हाे । सदरमुकाम चैनपुरमा रहेको हाेटेल हाेलिडे ईनमा एक […]
दैलेख : देशमा संघीय संरचनासँगै स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लाग्दा काठमाडौंमा केन्द्रीकृत रहेको जनताका अधिकार उपभोग गराउने जिम्मा अहिले स्थानीय सरकारले पाएका छन्। नेपालमा संघीय शासन प्राणाली लागू भइसकेपछि गाउँमा आएका सरकारले जनताका लागि अहिलेसम्म के काम गरेका छन्। संघीयताले चाहेको विकास कस्तो हो। जिल्लाको विकासका लागि दैलेखमा रहेका ११ वटा स्थानीय सरकारले के […]
न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने लक्ष्यअनुसार गत आर्थिक वर्षबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि १ सयभन्दा बढी स्थानीय तहले यसमा चासो देखाएका छैनन् । रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन हुने गरी राष्ट्रिय तथा प्रादेशिक सडकबाट गाउँ वा नगर जोड्ने सडकको निर्माण तथा मर्मत सम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, विद्यालय, निर्माण जस्ता आयोजनाहरूको […]
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात होली पर्व मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन् ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक […]
नागरिक रैबार/बाजुुरा २५ फागुन। नेपाल कम्युनिष्ट पाटी –नेकपा) बाजुराको जिल्ला एकता टुङ्गिएपनि नेकपा भित्रकै नेता तथा कार्यक्रताहरु भने अझै असन्तुष्ट देखिएका छन् । नेकपाको विधान अनुसार तत्कालिन एमाले र माओवादी वीच ६०–४० को भागवण्डाका आधारमा जिम्मेवारी बाँडफाँड गरि जिल्ला तहको एकता प्रक्रिया टुंगो लागिसकेको नेकपा बाजुराले बताईरहेको बेला नेकपा भित्रकै नेताले जिल्ला तहको एकता प्रक्रियामा […]
विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्षको सम्झना गर्ने दिन। आज हरेक वर्षझैँ यस वर्ष पनि विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस बनाइँदै छ। हरेक विषयसँग जोडिएको इतिहास हामीले बिर्सनुहुँदैन । श्रमिक महिलाहरुबाट सुरु भएको आन्दोलन ८ मार्चको मर्मलाई समाजवादी अग्रज महिलाले आत्मसात मात्रै गरेनन्, नेतृत्व नै गरेर अगाडि बढे । नेपालको सन्दर्भमा चर्चा गर्दा विशेष गरी […]
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको मन्त्रालयकी शाखा अधिकृत वष्टिका गिरीले बताएकी छन् । महिला दिवस मार्च ८ का दिन मनाइन्छ । दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
नागरिक रैबार/बाजुरा २३ फागुन । जिल्लाको बडीमालिका नगरपालिका ७ स्थित श्री लक्ष्मी माविको प्रधानाध्यापकको जिम्मेवारी विद्यालयकी शिक्षक माया रोकायालाई दिएको छ । शुक्रबार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले विद्यालयमा माया रोकायालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विव्यस अध्यक्ष धुमा खत्रीले बताएकि छन् । यस अघि विद्यालयमा प्रधानाध्यापक लालचन्द जैशि र शिक्षक कुस्मराज पण्डित विच प्रधानाध्यापकको विवाद […]
नागरिक रैबार/बाजुरा २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा हिमालीका नेताहरुले हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमालीका नेताहरुले अध्यक्ष मल्लको राजिनामा माग गरेका हुन् […]
बाजुरा २३ फागुन। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेका छन् ।हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन […]
धनगढी : निकै महत्वपूर्ण मानिएको नेपाल कम्युनिष्ट पार्टीको सुदूर पश्चिम प्रदेश कमिटिको तेस्रो बैठक अन्ततः होहल्ला, बिबाद र हानथापमै टुंगिएको छ । फागुन १८ गते बसेको बैठक कुनै महत्वपूर्ण निर्णय नै नगरी टुंगिएको छ । पार्टीभित्रको आन्तरिक बिबादका कारण बैठकले कुनै महत्वपूर्ण निर्णय गर्न सकेन । नेकपाका सुदूरपश्चिम प्रदेश समितिका ईञ्चार्ज भीम रावल पक्षधरहरु रावलमाथि बिमानस्थलमा […]
जय बहादुर रावत/बाजुरा २१ ,फागुन । बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडिमालिका युवा सुचना केन्द्रको सेफ द चिल्ड्रेन टोलीले अवलोकन गरिएको छ । सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर सहितको टोली द्धारा बडिमालिका युवा सुचना केन्द्रको अवलोकन गरिएको हो ।सेफ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोग र बडिमालीका नगरपालिका र नगरस्तरिय युवा संजालको […]
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपणका लागि झण्डै ५ घण्टा समय लागेको बताइएको छ । उनी होसमा फर्किएका छैनन् । होस आउनलाई झण्डै दुई घण्टा लाग्ने चिकित्सकहरुले बताएका छन् । अस्पतालले दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर […]
फागुन २१ काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रि ट्रान्सप्लान्ट डाइलासिस सकिएको छ । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार बिहान ९ः३० बजेबाट सुरु गरिएको डाइलासिस दिउँसो १ः३० बजे सकिएको हो । डाइलासिस सकिएपश्चात अहिले २ः४५ बजे उहाँलाई बेड नम्बर ६०१ मा सारिएको छ । […]
फागुन २१ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने झापाको गौरादह नगरपालिकामा नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको छ। गौरादह नगरपालिकाको ब्यस्त बजार डिपु चोकमा नेबिसंघले दिप प्रज्वलन गरेको हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको नवौं स्मृती दिवसको अवसर पारेर गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी […]
बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल घाइते प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि बैतडी र […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २१ फागुन। बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर एक अन्द्राडीमा भेडालाई पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । गाउ नजिकै रहेको अलम्टा जंगालमा भेडा चराउन गएको समयमा मृत्यु भएको आफन्त देबबहादुर बोहराले बताउनुभयो ।मृत्यु हनेमा सोही ठाउका अन्दाजी २२ बर्षिया रामबहादुर बोहरा रहेको बोहराले जानकारी दिनुभएको छ । हिजो दिउसो […]