होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोनाले महिला दिवसको कार्यक्रम स्थगित
देश/प्रदेश

कोरोनाले महिला दिवसको कार्यक्रम स्थगित

  • नागरिक रैबार
कोरोनाले महिला दिवसको कार्यक्रम स्थगित

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको मन्त्रालयकी शाखा अधिकृत वष्टिका गिरीले बताएकी छन् ।

महिला दिवस मार्च ८ का दिन मनाइन्छ । दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम गर्दै आएको मन्त्रालयले यस वर्ष पनि र्‍यालीसहितको साझा अभियान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।

विज्ञापन

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले भेला, जमघटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको छ । सरकारको यस्तो आग्रहपछि दल तथा संघ–संघ संस्थाहरूले धमाधम आफ्ना घोषित कार्यक्रम स्थगित गरेका छन् । सत्तारूढ नेकपाले मंगलबार र बुधबार झापामा तय गरेको २ कार्यक्रम स्थगित गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार