होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : सयभन्दा बढी स्थानीय तहले चासै देखाएनन्
देश/प्रदेश

प्रधानमन्त्री रोजगार कार्यक्रम : सयभन्दा बढी स्थानीय तहले चासै देखाएनन्

  • नागरिक रैबार
प्रधानमन्त्री रोजगार कार्यक्रम : सयभन्दा बढी स्थानीय तहले चासै देखाएनन्

न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने लक्ष्यअनुसार गत आर्थिक वर्षबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि १ सयभन्दा बढी स्थानीय तहले यसमा चासो देखाएका छैनन् ।

रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन हुने गरी राष्ट्रिय तथा प्रादेशिक सडकबाट गाउँ वा नगर जोड्ने सडकको निर्माण तथा मर्मत सम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, विद्यालय, निर्माण जस्ता आयोजनाहरूको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरुप स्थानीय तहसँग आयोजनाको विवरण माग गरिएकोमा १३० ओटा स्थानीय तहले आयोजनाको विवरण नै पठाएका छैनन् ।

विज्ञापन

त्यस्तो विवरण नपठाउनेमा सबैभन्दा बढी प्रदेश १ का स्थानीय तह छन् । त्यहाँका ४६ ओटा स्थानीय तहले अझै आयोजनाको विवरण पठाएका छैनन् ।

त्यस्तै सबैभन्दा कम संख्या सुदूरपश्चिमबाट छ जहाँका चारओटा स्थानीय तह मात्रबाट विवरण आउन बाँकी छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  विजय दमासेले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि