होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफल, होस आउन बाँकी
देश/प्रदेश

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफल, होस आउन बाँकी

  • नागरिक रैबार
प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफल, होस आउन बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपणका लागि झण्डै ५ घण्टा समय लागेको बताइएको छ ।

उनी होसमा फर्किएका छैनन् । होस आउनलाई झण्डै दुई घण्टा लाग्ने चिकित्सकहरुले बताएका छन् । अस्पतालले दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण र पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराउने तयारी गरेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा शिक्षण अस्पतालका डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा डाक्टर र नर्सहरुको टिम खटिएको थियो ।

प्रत्यारोपणमा भारत नयाँदिल्लीस्थित अपोलो अस्पतालका डाक्टर अनन्त कुमार पनि सँगै थिए । उनले १३ वर्ष अघि प्रधानमन्त्रीको पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेका थिए । दुवै मिर्गौलाले काम नगरेपछि २०६४ साउनमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

विज्ञापन

त्यतिबेला प्रत्यारोपण गरिएको मिर्गौला अहिले फेरि काम नलाग्ने भएपछि दोस्रो पटक प्रत्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार