होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित बनेका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा दुनिहाटबजारका व्यापारीहरु मिलेर सदरमुकाम मार्तडीमा बाढीपहिरो पिडितका लागि राहत जुटाउने सुरु गरिएको हो । बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका स्थानीयहरुलाई वितरण गरिने […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बुढीनन्दा नगर संगठन कमिटीद्धारा बुधबार कोल्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि एक दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । कोल्टीमा आयोजित नेकपा नगर संगठन कमिटीको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश […]
मानव एक सर्वश्रेष्ठ प्राणी हो त्यसैले त गास,वास,कवास को अति आवश्यक छ । मानव लाई यहाँ कसैलाई जिवन जिउन कति कठिन छ,त्यो कठिन अवस्थामा दिन काट्दैछन् त्रिवेणी नगरपालिका ३ अपाङ्ग धौले भण्डारी र उनकी श्रीमति कमला भण्डारी । राज्यले उक्त दम्पति दुवैलाई अपाङ्ग परिचए पत्र त दिएको छ तर धौले भण्डारी लाई आफ्नो दैनिक जिवन […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व […]
प्राकृतिक विपदका कारण बाजुरामा थुप्रै वस्तीका बासिन्दा यतिबेला पीडा र कष्टमा छन् । केही गाउँहरुसँग त भौतिक सम्पर्क विच्छेदको अवस्था छ । उनीहरुलाई राहत र उद्धारका कार्यक्रम तत्काल सुरु गर्न त जरुरी छ नै । तर वर्षेनी भइरहने जोखिमको दीर्घकालीन समाधानका लागि याेजना निर्माण र कार्यान्वयनमा सरकार र जनप्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हो । विडम्वना […]
धनगढीः डोटीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको दिनेश खबरलाई बताए। उनीहरुको सनाखत भने भएको छैन्। उनका अनुसार २९ जना घाईते भएका छन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। […]
बाजुरा स्थित नागरिक संघ- संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् । जिल्ला स्थित पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी संस्था महासंंघ नेपाल, फियान […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
अर्जुन शाह धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारले प्रदेशको आग्रह नमान्दा कोरोना संक्रमण भयावह हुने अवस्था आएको बताएका छन् । भारतमा समुदाय तहमा कोरोना संक्रमण नफैलिँदै त्यहाँ रहेकाहरुलाई नेपाल फर्काउने व्यवस्था गर्न आफूले केन्द्र सरकारसमक्ष समयमै अनुरोध गरेको भएपनि सुनुवाइ नभएकाले अहिलेको अवस्था आएको उनले बताए । ‘हामीले भारतमा भयावह नहुँदै त्यहाँ […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको बुढीगंगा नदिको किनारमा मंगलबार विहान मृत अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेको छ । बुढीगगा नदिमा मृत अवस्थामा भेटिएकी बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी ७ महिनाकी छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईले दिएको जानकारी अनुसार मंगलबार विहान […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, शिक्षण अस्पताल काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप १२ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको […]
खम्बिर विक/कोल्टी २७ साउन। जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्लाको पुर्वीउत्तरी क्षेत्रका २५ हलिया परिवारलाई खाद्यन्न सहयोग गरेको छ । जिल्ला हलिया मुक्ती समाजको समन्वय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा हिमाली गाउँपालिका ७ का १० र स्वामीकार्तिकका ३ र ४ का १५ जना हलिया परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको हो । कोभिड-१९ का कारण प्रभावित […]
काठमाडौँ- मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सबैजसो प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । तीन दिनको पूर्वानुमान गर्दै महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान वुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले […]
अनिल शाही / बाजुरा २६ साउन ।लगातार बर्षा र कर्णाली नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेकाे झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न […]
अनिल शाही बाजुरा २६ साउँन बाजुरा जिल्लामा हिजो राति देखी निरन्तर आएको अविरल वर्षा संगैको भाडी पहीरोले २७ घर वगाएको छ भने जनजिव प्रभावित भएको छ । जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा गए राति आएको अबिरल बर्षसंगै बुढिगंगा नदिलेको बाढिले बगाउँदा एक जना महिला बेपत्ता बनाएको छ । वाडीपहिराका कारण दुई सय बढी जनसंख्या […]
आइतबार राती आएको अविरल वर्षाले जिल्लाको बडिमालिका नगरपािलका वडा नं २ भौन्यारा बजारका अधिंकाश घर तथा पसलहरु क्षेतीग्रस्त भएका छन् । निरन्तर वर्षापछि छेउमै रहेको भौन्यारा खोलाको बहाब बढेपछि आसपासका घरहरु क्षेतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खोलाले घर, पसल, शौचालय र घट्ट गरी १४ घरहरु बगाएको खबर पनि प्राप्त भएको र […]
नागरिक रैबार/बाजुरा २६ साउन। आईतबार राति अविरल बर्षा संगै गौमुल गाउँपालिकाबाट आएको बाढीका कारण बडीमालिका नगरपालिका ६ स्थित जडाङ्गामा निर्माण गरिएको बेलिवृज बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडीसम्म सडकलाई जोड्नका लागि बेलिवृज २०६९ सालमा निर्माण गरिएको थियो । आईतबार राति आएको बाढीकै कारण बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष […]
नागरिक रैबार बाजुरा २६ साउन आईतबार राती अविरल वर्षासंगै आएको बाढीले बगाउँदा बडीमालिका नगरपालिका वडा नं २ का वडा अध्यक्ष डम्बर महतकी आमा बेपत्ता भएकी छन् । सोमबार विहान बडीमालिका नगरपालिका २ घाघर स्थित नजिकैको बस्तीमा बाढी आएपछि वडा अध्यक्ष महतकी ६५ वर्षिया आमा अईसनी महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
चक्र बहादुर अएडी/बाजुरा २२ साउन । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर विद्यार्थिहरुमा परेको छ । ईमेल ईन्टरनेट तथा संचार माध्यमको पहुचमा भएका बिद्यार्थी र बिद्यालयहरुले रेडियो टेलिभिजन बाट पठनपाठन गरिरहेका छन् । संचार माध्यमको पहुच भन्दा टाढा रहेका बिद्यार्थिहरु भने घाँस दाउरा र डुलेर विताईरहेका छन […]
सिन्धुपाल्चोक, २२ साउन । पाँचपोखरी थाङ्पाल गाउँ पालिकाको बिकट गाँउ वडा न ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । बिहान ८ बजे देखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकी बाट सुत्केरी गराउन नसकेपछी गाउँ पालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टर द्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका […]