होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीनन्दामा काँग्रेस छाडेर दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश
देश/प्रदेश

बुढीनन्दामा काँग्रेस छाडेर दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश

  • नागरिक रैबार
बुढीनन्दामा काँग्रेस छाडेर दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश
नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गरेकालाइ स्वागत गर्दै प्रदेश सभा सदस्य बलदेव रेग्मी: तस्वीर प्रेमबहादुर विक/नागरिक रैबार

नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बुढीनन्दा नगर संगठन कमिटीद्धारा बुधबार कोल्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि एक दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

कोल्टीमा आयोजित नेकपा नगर संगठन कमिटीको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरुमा बुढीनन्दा ७ का अफिलाल जेठारा, बलमान जेठारा, छक्क जेठारा, हर्क जेठारा, भुवन जेठारा र त्यस्तै बुढीनन्दा ८ का विस्न बोहरा, गगन बोहोरा, राजबहादुर बोहोरा, बुढीनन्दा ५ काप्कोटका शंकर बडुवाल, कालु सनाई र सुरजित चंदारा रहेका छन् ।

विज्ञापन

नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका सवैजनालाई प्रदेश सभा सदस्य बलदेव रेग्मी र नेकपा बाजुराका सचिवालय सदस्य पुरबहादुर रावत लगायत नेकपाका नेताहरुले नेकपामा स्वागत गरेका गरेका हुन् ।

नेकपा बुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जँगविर रोकायाको अध्यक्षतामा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य बलदेव रेग्मी रहनु भएको छ भने विशिष्ट अतिथि नेकपा बाजुराका सचिवालय सदस्य पुरबहादुर रावत, बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मी र नेकपा जिल्ला कमिटी सदस्य भरत विक लगायत कार्यक्रममा नेकपाका सयौँ कार्यक्रताको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार