होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडीमा किराना पसल चोरी गर्ने पक्राउ
देश/प्रदेश

मार्तडीमा किराना पसल चोरी गर्ने पक्राउ

  • नागरिक रैबार
मार्तडीमा किराना पसल चोरी गर्ने पक्राउ

नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ वर्षिया विवेक थापा र खप्तड छेडेदह गाउँपालिका ६ का वर्ष ३५ का कमल सेजुवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापा तुफान डाँडा नजिकै पानी पुरी पसल संचालन गर्दै आएका थिए भने सेजुवाल मार्तडीमै ज्याला मजदुरी गर्दै आएका थिए । उनीहरु दुवै जना साउन २२ गते राति ८ बजेको समयमा धारा तेल विक्री गरिरहेको बेला पक्राउ परेका हुन् ।

विज्ञापन

पक्राउ परेका उनीहरु दुवै जना अहिले प्रहरीको नियन्त्रणमा छन् । यता पुष्प जनरल स्टोरका पुष्प खड्काले भने आफ्नो पसलको गोदामबाट ९० पेटी धारा तेल चोरी भएको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै