शुक्रबार, अशोज ९, २०७७
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुरामा युवा दिवसः सरसफाई गरेर मनाईयो
बडीमालिका

बाजुरामा युवा दिवसः सरसफाई गरेर मनाईयो

  • नागरिक रैबार
बाजुरामा युवा दिवसः सरसफाई गरेर मनाईयो

नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ बाजुरामा पनि यो दिवस मनाइएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा बाजुरामा आज प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे , जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी, नेकपा बाजुराका नेता ज्यूहरू, राष्ट्रिय युवा संघ नेपाल, रानीवन युवा क्लब र युवा साथीहरू संग समन्वय गरेर बाजुरा जिल्लामा नेपाल युवा संन्जालको आयोजनामा विहान बजार सरसफाइ गरिएको र  दिउँसो बृक्षारोपण कार्यक्रम गर्ने योजना रहेको नेपाल युवा सन्जालका युवा शेरबहादुर रावलले जानकारी दिए ।

विज्ञापन

Image may contain: 2 people, including Arush Rawal, people standing and outdoor

दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निणर्य गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

Image may contain: 1 person, walking, crowd and outdoor

नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यन्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार