होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • त्रिवेणीमा एक अपाङ्ग दम्पतिको पीडा यस्तो (भिडियोसहित)
समाज

त्रिवेणीमा एक अपाङ्ग दम्पतिको पीडा यस्तो (भिडियोसहित)

  • नागरिक रैबार
त्रिवेणीमा एक अपाङ्ग दम्पतिको पीडा यस्तो (भिडियोसहित)

मानव एक सर्वश्रेष्ठ प्राणी हो त्यसैले त गास,वास,कवास को अति आवश्यक छ । मानव लाई यहाँ कसैलाई जिवन जिउन कति कठिन छ,त्यो कठिन अवस्थामा दिन काट्दैछन् त्रिवेणी नगरपालिका ३ अपाङ्ग धौले भण्डारी र उनकी श्रीमति कमला भण्डारी । राज्यले उक्त दम्पति दुवैलाई अपाङ्ग परिचए पत्र त दिएको छ तर धौले भण्डारी लाई आफ्नो दैनिक जिवन जिउन सारै गार्हो भएको छ । धौले अपाङ्ग छन् तर त्यो भन्दा असक्त शुस्त मनोस्थितिको श्रीमति जुराईदिए भगवानले नभन्दै एउटा छोरा पनि जन्माएका छन धौलेको विहे अगावै वुबाको स्वर्ग वास पछिको आमाले छुट्टीन भनेपछि घरको पिडिमा दिन विताउन बाध्य यो परिवार ।

ठुलो स्वरमा रोहिरहेकि छिन् धौले दाईको बुढी
हुन त यस्तो प्राय भईनै रहन्छ रे त्यो घरमा ,तर आज मलाई त्याहा जान मन लाग्यो र म गय सानो घर त्यसैमा एउटी आमालेपनि छुट्याएर अलग वनाएको रहिछिन,घरमा फोहोर त्यस्तै थियो भुईमा सानो शिशु छोरा राखेको थियो बाहिर पानि परेको ले मौसम अलि चिसो विचरा वच्चा पनि रुदै थियो वोल्न त्यति नसक्ने ,जिव्रो अड्किन्छ धौले दाईको लाटो पनि हैन बाठो पनि त्यति छैन।

धौले दाईको वुडी सुन्छन तर दिमाख ढिलो छ सुस्त मनोस्थितिकी छिन्। विचरा धौलेदाई निधारमा हात राखेर रुदैथिए चुलोमा आगो फुक्दैथिए ,भात पकाउन लगाएको थियो चुलोमा सानो घर त्यसैमा एउटी वुढी आमाले छुट्याएपछि घरकोअथारो(पिडीमा) जिवन विताउन बाध्य छन धौलेदाई,उहाको श्रीमती अनि नावालक एक महिनाको छोरा ।
मैले सोधे किन रोएको भाउजु भनेर

विज्ञापन

काल्पनिक हैन वास्तविक हो,
उहाले भन्नु भयो कि आफ्नो सासुले घर भित्र नजाउ तिमिहरु वाहिर नै वस भन्यो रे त्यसैले रुदै थिईन, मैले नरुन भने एक छिनपछि रुन छोड्नु भयो अनि मैले फोटो खिच्छु भने उहाले मान्नु भयो, मैले संगै भिडियो पनि खिचेको थिए ।
धौले भण्डारीको वास्तविक जीवन कहानी रहर होईन बाध्यता हो। यो भिडियो हेरेर यो परिवारलाई केहि सहयोग गर्न चाहानुहुन्छ भने 9821665393 यो नम्वरमा सम्पर्क गर्न सक्नुहुने छ।
महेन्द्र वहादुर भण्डारी“हृदय“
बाजुरा जिल्ला,
त्रिवेणि नगरपालिका वडा न.३ बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार