होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हिमाली र स्वामीकार्तिकका हलिया परिवारलाई खाद्यन्न वितरण
Breaking News

हिमाली र स्वामीकार्तिकका हलिया परिवारलाई खाद्यन्न वितरण

  • नागरिक रैबार
हिमाली र स्वामीकार्तिकका हलिया परिवारलाई खाद्यन्न वितरण

खम्बिर विक/कोल्टी २७ साउन। जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्लाको पुर्वीउत्तरी क्षेत्रका २५ हलिया परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।

जिल्ला हलिया मुक्ती समाजको समन्वय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा हिमाली गाउँपालिका ७ का १० र स्वामीकार्तिकका ३ र ४ का १५ जना हलिया परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको हो ।

कोभिड-१९ का कारण प्रभावित बनेका हलिया परिवारहरुलाई खाद्यन्न सहयोग गरिएको जिल्ला हलिया मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कीले बताएका छन् ।

विज्ञापन

पहिलो चरणमा हिमाली र स्वामीकार्तिकका २५ हलिया विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको र दोस्रो चरणमा २ वटा बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाका हलिया परिवारलाई पनि खाद्यन्न वितरण गर्ने योजना रहेको अध्यक्ष सार्कीले बताए ।

हलिया परिवारलाई खाद्यन्न सामाग्री वितरण गर्न राष्ट्रिय हलिया महासंघका केन्द्रिय सदस्य डवल विक लगायत दलित अधिकारकर्मीहरु सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार