होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बाढीपिडितका लागि राहत जुटाउँदै उद्योग बाणिज्य संघ
पत्रपत्रिका

बाढीपिडितका लागि राहत जुटाउँदै उद्योग बाणिज्य संघ

  • नागरिक रैबार
बाढीपिडितका लागि राहत जुटाउँदै उद्योग बाणिज्य संघ

नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित बनेका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ ।

बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा दुनिहाटबजारका व्यापारीहरु मिलेर सदरमुकाम मार्तडीमा बाढीपहिरो पिडितका लागि राहत जुटाउने सुरु गरिएको हो ।

बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका स्थानीयहरुलाई वितरण गरिने बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देववहादुर रोकायाले बताएका छन् ।

विज्ञापन

आइतबार बुढीगँगा नदिमा आएको बाढीले बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्बर महतकी ६५ वर्षिया आमा ४ दिन देखि बेपत्ता छन् । त्यस्तै बाढी पहिरोबाट ४ वटा झुलगेँ पुल र एक वेलिव्रिज पक्की पुल वगेको छ भने अन्य ६ बढी झुलगे पुल जोखिम्मा छन्  ।

जिल्ला भर बाढी पहिरोबाट  १ सय ७५ परिवार विस्थापित छन् । त्यस्तै २ सय ८० रोपनी जग्गा बगाएको छ त्यस्तै १३ वटा गाई गोरु, २ भैसी, ३ बाख्रा, ५० वटा कुखुरा, ३ वटा बगुंर, टर्की चरा २, खरायो २ गरी करिव २ करोडबढीको क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले तथ्याकँ सँकलन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार