होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९५३ पुग्यो
देश/प्रदेश

सुदूरपश्चिममा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९५३ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९५३ पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, शिक्षण अस्पताल काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप १२ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको कोरोना परीक्षण भएकोमा तीन जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ३ पुरुष, दार्चुलाकै मार्मा गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ पुरुष, कञ्चनपुरकै बेल्डाडी गाउँपालिका –२ का एक पुरुषमा कोरोना पुष्टि भएको छ।

विज्ञापन

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ का एकरएक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश बाहिरका दुईवटा प्रयोगशालामा थप दुईजनामा कोरोना पुष्टि भएको हो।

गौतमले शिक्षण अस्पताल प्रयोगशालामा दार्चुलाका एक र भेरी अस्पताल प्रयोगशालामा अछामका एक गरी दुईजनामा कोरोना पुष्टि भएको बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय  ५३ पुगेको छ।

 सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८० जनामा संक्रमण पुष्टि भएको छ। डोटीका सात सय ९२, अछाममा सात सय ३१, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७८, डडेल्धुराका तीन सय १२ जना, बैतडीका दुई सय ९८, बझाङका दुई सय ९५ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा चार हजार ४१ संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै