होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका-८ का पूर्व वडा अध्यक्ष रावल अध्यक्षमा मनाेनित
Breaking News

बडीमालिका-८ का पूर्व वडा अध्यक्ष रावल अध्यक्षमा मनाेनित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका-८ का पूर्व वडा अध्यक्ष रावल अध्यक्षमा मनाेनित

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ अनुसार बडीमालिका नगरपालिका–८ बाजुराका प्रकाश रावल जिल्ला युवा सशक्तिकरण समिति बाजुराको अध्यक्ष पदमा मनोनित भएका छन् ।

मन्त्रालयको २०८३ जेठ २३ गतेको निर्णयअनुसार रावललाई उक्त पदमा मनोनित गरिएको पत्रमार्फत जानकारी गराइएको हो । प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ११ को उपदफा (२) को खण्ड (क) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयले रावलले प्रचलित कानुनअनुसार तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै युवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

विज्ञापन

मनोनयनपछि विभिन्न व्यक्तिहरू तथा शुभेच्छुकहरूले रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । अध्यक्षमा मनाेनित भएका रावल बडीमालिका ८ का पूर्व वडा अध्यक्ष समेत हुन् । बाजुरामा रावल युवा पुस्तामा लाेकपृय रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै