होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यस समिति बाजुराका सभापति कविराज पण्डितले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डिएसपी उद्धवसिंह भाटले बाजुरामा कानुन विपरित काम गरिरहेको आरोप लगाएका छन् । प्रेस युनियन जिल्ला शाखा बाजुराले विहिबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पण्डितले यस्तो आरोप लगाएका हुन् । बाजुरामा डिएसपी भाटले आस्था र […]
नागरिक रैबार/बाजुरा ८ असोज।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ ।स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो । बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा युवा शसक्तिकरण परियाेजना र सेभ द चिल्ड्रेन, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड […]
अर्जुन शाह (धनगढी) — बाजुरामा उत्पादित स्याउ धनगढीको बजारमा पुर्याइएको छ । यसअघि बजारमा पुर्याउन नसकेर सडेर जाने स्याउ पहिलो पटक बजारमा पुगेको हो । बाजुराकै एक सहकारी संस्थाले बुधबार बिहान धनगढी ल्याइपुर्याएको उक्त स्याउ यहाँको बजारमा यसअघि बिक्रि भइरहेको मूल्यभन्दा सस्तोमा उपलब्ध हुने सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।विगतका वर्षहरुमा बजार नपाएर बारीमै कुहिने […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् । बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले […]
नागरिक रैबार/बाजुरा ६ असोज। ४० औँ सामाजिक सेवा दिवसको अबसरमा एक जना पीडित नेपाली परिवारलाई केही समाजसेवी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । जिल्ला अस्पताल बाजुरामा उपचार गराई रहेका बडीमालिका नगरपालिका वडा नं.२ माझिगाँउ बस्ने रुपक नेपालीका छोरी ३ वर्षीया सर्मिला नेपालीलाई उपचारका लागि सामाजिक सञ्जालबाट अभियान चलाई विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग गरी रु.२३ हजार […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको बडीमालिका नगरपालिका र गिफ्ट बाजुराको आयोजनामा ४० औँ सामाजिक दिवस बाजुरामा पनि मनाएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा विभिन्न समयमा आएका शक्त विरामीहरुलाई बचाउन रगतदान गर्ने समाजसेवी व्यक्तिहरुलाई नगरपालिकाले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको हो । बडीमालिका नगरपालिका नगर उप–प्रमुख कबिता बिष्टको अधक्ष्यतामा संञ्चालन गरिएका कार्यत्र्mमा समाज […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको जुकोट र पाण्डुसैनमा फलेका स्याउ पहिलो पटक सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र संघीय राजधानी काठमाण्डौँ लगिएको छ । किसानले बारीमा फलाएका स्याउ बजार नपाई बोटमै कुहिने अबस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएर पहिलो पटक जिल्ला बाहिर स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद […]
प्रमित वि.क /बाजुरा ५ असोज । बाजुराको गौमुल गाउँपालिका घट्मुना बजार अनुगमन गरिएको छ । गाउँपालिका उपा–अध्यक्ष सिता थापाको नेतृत्वमा आईतबार घट्मुना बजारमा रहेका विभिन्न किराना तथा खाद्य पसलहरु अनुगमन गरिएको छ । गौमुल गाउँपालिका, ईलाका प्रहरी कार्यालय, कृषि शाखा, स्वास्थ्य शाखाको संयुक्त समुहले बजार अनुगमन गरेको हो । पसल अनुगमन गरि म्याद सकिएका खाद्य […]
नागरिक रैबार/बाजुरा ५ असोज। बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ८ माटाबाडामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ माटाबाडाका बादुरे बिष्टकी छोरी १६ वर्षीया कल्पना विष्टले आत्महत्या गरेका छन् । शनिबार घाँस काट्न गएकी किशोरी बेलुका सम्म घर नफर्किएपछि खोजी गरेको र खोजी […]
खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ […]
नागरिक रैबार/बाजुरा ३ असोज। मुलुकको लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा लिइने गरिएको छ । तीन बर्ष अगाडि अर्थात २०७२ असोज ३ गते नेपालमा सविधान जारी भएसंगै मुलुक नया संरचनामा गइसकेको छ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरमा समेत संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम मार्तडी खुल्ला […]
नागरिक रैबार/बाजुरा ३ असोज। संविधान दिवसको अवसरमा जिल्लाका डिएसपी उद्धब सिंह भाट नेपाल प्रताप सुभुषणबाट विभुषित भएका छन् । सम्माानीय राष्ट्रपति विद्यादेवि भण्डारीज्युबाट नेपालकाे संविधानको धारा २७७ को उपधारा १ बमोजिम संविधान दिवस २०७६ को अवसरमा नेपाल सरकार मन्त्रीपरिषतको सिफारिसमा विभुषित हुनुहुने ६३४ जना महानुभावहरुमध्ये नेपाल प्रताप सुभुषणबाट विभुषित भएका हुन । आज भाटलाई बाजुरामा […]
नागरिक रैबार/बाजुरा २ असोज। बाजुरामा संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई गरिएको छ । दिवसको अवसरमा बडीमालिका नगरपालिकाले सरसफाई गरेको हो । जिल्लाको सदरमुकाम मार्तडी बजारमा जिल्ला प्रशासन कार्यालयदेखि तुफान डाडाँ सम्म सरसफाई गरेको हो । बजार वरीपरी रहेको फोरमैला आज संविधान दिवसको पुर्व सन्ध्यामा एक कार्यक्रमका विच सरसफाई गरेको बताइएको छ । सरसफाई कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा २ असोज। वडा कार्यालयमा आगजनि गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ३ मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि गरिएको हाे । राति करिव साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं ३ का अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिए । स्थानिय धुव्रवहादुर शाहीको घरमा […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्लाको हिमाली गाउँपालिका गुम्बामा भालुको आक्रमणमा परी गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा निवाशि ३२ बर्षीया मंगल थापा भालुको आक्रमणमा परी घाईत भएका थिए । सोमबार बिहान भेडा चराउन गएका बेला भालुले आक्रमण गरेका थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको […]
नागरिक रैबार/बाजुरा ३० भदौ । बाजुराको गौमुल गाउँपालिका वडा नं.३ मा घर माथिबाट पहिरो खसेपछि एक घर भत्किएको छ । आईतबार राति अविरल वर्षासंगै आएको पहिरोले वडा नं. ३ का स्थानीय दिल बहादुर धामीको घर भत्किएको हो । पहिरोले घरमा भएको खाद्यन्न सामाग्री, लत्ता कपडा र भाँडा कुडामा क्षेती पुर्याएको उनका आफन्त जनक धामीले बताए […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ गुम्बामा भालुको आक्रमणबाट एकजना गम्भिर घाईते भएका छन् । सोमबार विहान गाउँ नजिकै रहेको जंगलमा गाईवस्त चराउन गएको बेला स्थानीय मंगल थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भालुको आक्रमणमा परि गम्भिर घाइते भएका थापाको उपचारका लागि हेलिकप्टर चार्टर गर्ने पहल […]
नागरिक रैबार/बाजुरा ३० बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुरामा जड्याहाको भीड लागेको छ । शुक्रबार देखि सूरु भएकाे अनन्ते मेला आइतबार राति मार्तडीमा लागेको अनन्ते मेलालाई अशान्त पार्न खोजेको आरोपमा प्रहरीले २५ जना जड्याहालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले मदिरा सेवनबाट आईपर्ने समस्या र यसको असरबारे प्रशिक्षण […]
नागरिक रैबार/बाजुरा २९ भदौ। शनिबार राति अनन्तेमेलामा मदिरा सेवनगरी प्रहरीमामाथि हातपात गर्ने पाँच जना कर्मचारीहरुलाई प्रहरीले मुद्धा दायर गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यलयले उभियुक्त पाँच जनाका नाममा सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दायर गरेको हो । बडीमालिका नगरपालिका ८ मा लाग्ने अनन्ते मेलाको दोस्रो दिन सुुरक्षाका लागि खटिएका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्द […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलामा मदिराले मात्तिएका कर्मचारीहरुको कुटाईबाट शक्त घाईते बनेका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलाई थप उपचारका लागि धनगढी लगिएको छ । शनिबार साँझ मार्तडीमा लागेको अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक चन्द नेतृत्वको प्रहरीको टोलीलाई राष्ट्रिय बाणिज्य बैकमा बाजुरा शाखामा कार्यरत अमृत्त बोहरा र केशब गिरी, […]