होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • दशैं मनाउन घर फर्किनेको भीड, नियमितको भन्दा थप गाडीहरु सञ्चालन
पत्रपत्रिका

दशैं मनाउन घर फर्किनेको भीड, नियमितको भन्दा थप गाडीहरु सञ्चालन

  • नागरिक रैबार
दशैं मनाउन घर फर्किनेको भीड, नियमितको भन्दा थप गाडीहरु सञ्चालन

रमित विक/असोज १४ बाजुरा। नेपालीहरुको महान चाड बडादशैं हिजोबाट विधिवत रुपमा सुरु भए संगै दशैं मनाउन घर फर्किनेहरुको चाप बढेको छ । यति खेर घर छाडेर बाहिर गएकाहरु दशैँ मनाउन घर फर्कीन थालेका छन् ।

विशेष गरी कामको लागि देशका विभिन्न भु–भाग र भारतका विभिन्न स्थानहरुमा गएका तथा अध्ययनको शिलशिलामा जिल्ला बाहिर गएकाहरु यतिखेर सामुहिक रुपमा गाडी रिजर्व गरी तथा भाँडाको गाडी प्रयोग गर्दै आउने गरेका छन् ।

मानिसहरु दशैको अवसर पारी भित्रिन थाले पछि यातायात व्यवसायीलाई यति खेर भ्याई नभ्याई छ । नियमित रुपमा सञ्चालन हुदैं आएका बस सेवा समेतले यात्रु ओसार्न नसकिएपछि हिजो आज थप गाडीहरु आउने गरेको संयुक्त काउन्टर बाजुराका सन्तोष डँडालले बताएका छन् ।

विज्ञापन

महेन्द्रनगरबाट आउनेहरु विशेष गरी कामको खोजीमा भारत गएका र वर्षौ सम्म उतै बसेकाहरु दशैंमा परिवार संग रमाईलो गर्न आएका पाईन्छन् ।
एक वर्षमा एक पटक मात्र घरमा बस्न पाईन्छ अब दशै सकिए लगत्तै फेरी कामको खोजीमा भारत जानैपर्छ । यतिखेर घर छाडेर बाहिर गएका घर फर्किने थालेपछि गाँउ घरमा निकै चहल पहल बढेको छ ।

मानिसहरु एक अर्को संग शुभकामना आदान प्रदान गदैँ छन् भने परिवारमा खुसीयाली छाएको छ । बिद्यार्थीहरु १ महिनाको लामो विदामा घर आएका हुन्छन् । कामको लागी बाहिर गएकाहरु समेत केही हप्ताको विदाका साथ घर आएका छन्,भने आउने क्रम जारी रहेको छ ।

दशैंमा खसी–बोकाको व्यापार बढ्दो
नेपालीहरुको महान चाड बडादशैँ सुरु भएसंगै जिल्ला स्थित विभिन्न व्यापारीक केन्द्रहरुमा खसी बोकाहरुको व्यापार बढेको छ । दशैंको अवसरमा हिन्दु धर्मावलम्बिहरुले अष्टमीको दिन घरमा विशेष पुजा गरी बोकाको बली दिने र स्वच्छिक रुपमा पनि मासुको प्रयोगका लागी पनि यतिखेर बोकाको माग बढी हुने भएकाले व्यापार बढेको हो ।


हिजो आज जिल्ला सदरमुकाम मार्तडी, तिपाडा हाटबजार,कोल्टीबजार,बाम्का बजार,घट्मुना बजार लगायतका व्यापारीक केन्द्रमा बोका लगेर व्यापारका लागी मानिसहरु आउने गरेका छन् । अहिले प्रति बोका न्यूनतम मुल्य ५ हजार देखी माथि गरेको पाईन्छ भने भेडा,च्याङ्ग्राको न्युनतम १० हजार देखि २० हजार सम्म विक्री गर्ने गरेको पाईन्छ ।
दशंैको अवसरमा व्यापारीक केन्द्रमा विशेषगरी पूर्वी उत्तरी क्षेत्रको जुकोट, साप्पाटा, गोत्री, कोल्टीका कुरु र गौमुल गाउँपालिकाको दहकोट लगायतका स्थानहरुबाट खसी, बोकाहरु खरिद गरेर ल्याउने तथा विक्री गर्ने गरेको व्यापारीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै