होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिंसा पीडित महिलाको आवास दोहोरो मारमा
समाचार

हिंसा पीडित महिलाको आवास दोहोरो मारमा

  • नागरिक रैबार
हिंसा पीडित महिलाको आवास दोहोरो मारमा

नागरिक रैबार/बाजुरा १३असोज।  बाजुरा जिल्लाभित्रका हिंसा पीडित महिलाहरुका लागि सदरमुकाम मार्तडीमा निर्माण भएको आवासगृह यतिबेला दोहोरा हिंसाको मार खेपिरहेको छ । जिल्लाभित्रका विभिन्न प्रकृतिका घटनाबाट पीडित भएका महिला तथा बालबालिकाहरुको न्यायमा पहँुचका लागि सहज वातावरण सृजना गर्न आवासगृहको निर्माण भएको हो ।

२०७३ साल जेठबाट संचालनमा आएको उक्त आवासगृह तत्कालिन जिल्ला विकास समिति बाजुराको महिला तथा बालबालिका लक्षित कार्यक्रम अन्तरगत निर्माण भएको थियो । सो समयबाट सञ्चालनमा आएको सुरक्षित आवासगृहले विभिन्न प्रकृतिका हिंसात्मक घटनाबाट पीडित महिला तथा वालवालिकाको सेवा तथा उनीहरुलाई आवश्यक न्याय समेत दिलाउँन सफल भएको महिला अधिकार मञ्चकी अध्यक्ष रुकमणी शाहले जानकारी दिनुभएको छ ।
तर, यतिबेला सो आवासगृह संचालनमा द्धुविधा देखिएकाले आफूहरलाई काम गर्न उचित वातावरण नभएको मनोविमर्शकर्ता सन्तोषी दानी थापाले एक कार्यक्रमा वीच जानकारी गराईन् । दोहोरो तवरबाट दवाव आउँछ । एक तर्फ महिला अधिकार मञ्चले एक खाले हेक्का राख्छ । अर्को्तिर मार्तडीको साना किसान सहकारीले भुमिका खेल्छ । कोही केही भन्ने कोही के भन्ने ? खाता संचालन पहिला महिला विकास कार्यालय र महिला अधिकार मञ्चकी अध्यक्ष रुकमणी शाहको संयुक्त हस्ताक्षरमा संचालन थियो ।

पछि महिला विकास कार्यालय जिल्लाबाट खारेज भएपछि जिल्ला समन्वय समिति बाजुराका तत्कालिन प्रमुख जंग थापाको नाम र रुकमणी शाहको नाममा सारियो । र, अर्को सहकारीको नाममा खाता छ । सेफ हाउस व्यवस्थापनमा जिल्लाका सरोकार राख्ने निकाय प्रायः सबै छन् । यसरी व्यवस्थापकीय पक्ष द्धभाषी हुँदा सेवा प्रवाह गर्न निकै गाह्रो भएको आवासगृह नै दोहोरो हिंसाको मार खेपे जस्तो आभाष भएको उनले गुनासो गरिन् ।

विज्ञापन

अहिले उक्त आवासगृहको व्यवस्थापनमा युएनएफिए मार्फत ओपेरन नामक गैरसरकारी संस्थाले सहयोग गरिरहेको फिल्ड संयोजक राधा आर्चायले बताईन् । उहाँको कार्यक्रम अन्तरगत आईतवार आवासगृहको अनुगमन गर्दा सम्बन्धीत सरोकार राख्ने निकायलाई प्रभाबकारी रुपमा संचालन गर्न प्रजिअ गंगा प्रसाद न्यौपानेको नेतृत्वको टोलीले विशेष जोड दिनु भएको छ ।

आवासगृह स्थापनादेखि अहिलेसम्म विभिन्न घटनाबाट पीडित २ सय ४४ जना महिला तथा बालबालिकाहरुले सेवा लिइसकेको मनोविमर्शकर्ता थापाले बताईन् । उहाँका अनुसार विभिन्न स्रोत र साधानबाट पीडित १ सय ६ जना, बहुविवाह ५९, जबरजस्तीकरण २१ जना पीडितले सेवा लिएका छन् । त्यस्तै वालबिवाहबाट , शारीरिक कुटपिट २०, मानसिक १, यौनजन्य दुब्र्यहार ९ र मानव बेचबिखन ३ जना गरि जम्मा २ सय ४४ जनाले सेवा लिइसकेका छन् । जसमध्ये विभिन्न घटनाबाट पीडित ७२ जना वालवालिकाले सेवा लिएको उनले थपिन् ।

सुरक्षित आवासगृह पुगेका पीडितलाई उनीहरुको न्याय र आवस्यक समस्या समाधानका लागि विभिन्न निकायमा पठाउने गरेका छन् । कोही सामाजिक मनोसामाजिक कार्यक्रता कहाँ, कोही जिल्ला अस्पताल बाजुरा तथा जिल्ला प्रहरी कार्यलय लगाएतका निकायमा पठाउने गरेका उनले भनिन् । सुरक्षित आवासगृहमा आएका महिलाहरुलाई विभिन्न खाले सिप मुलक तथा आयआर्जन मुलक तालिम समेत दिने गरेका बताईन् ।

साथै उनीहरुको अवस्थालाई हेरी आवश्यक साक्षरता कक्षा समेत सञ्चालन गर्दा हिंसा पीडितहरुको पारिवारिक सम्बन्धमा सकारात्मक प्रभाव परेको समेत ठम्याईन् । नाम उल्लेख नगर्ने गरि एकजान हिसां पीडित महिलाले न्यायका लागि सदरमुकाम मार्तडीमा आवासगृहमा पुग्दा यहाँको सहारामा कानुनी उपचार पाएको बताईन् । पहिला त केही होला भन्ने डर लागेको थियो, तर अहिले न्याय पाँउदा निकै खुशी भएको पीडित महिलाले बताईन् ।

हाललाई सुरक्षित आवासगृह निर्माण भएपछि हिंसा पीडित महिलालाई न्याय पाउँदासम्म बस्नका लागि अलि सहज भएको बडीमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले बताईन् । आवास गृहको अनुगमन गर्दा व्यवस्थापन पनि राम्रो भएपनि कही कमीकम्जोरी रहेका र समयमै सुधार गर्न आफ्नो तर्फबाट तल्लीन रहेको उहाले भनिन् । आवश्यक कार्य्विधी संघीय सरकारले तयार गर्दछ । अहिलेलाई सर्वपक्षीय तवरबाट सहयोग गरेर संचालन गरौँ यसमा स्थानीय सरकारबाट हुने सहयोगका लागि आफु तयार रहेको बनपाका कार्यकारी तीर्थराज भटराईले बताउँनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार