होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा यसरी मनाईयो प्रहरी दिवस (फोटोफिचर )
समाज

बाजुरामा यसरी मनाईयो प्रहरी दिवस (फोटोफिचर )

  • नागरिक रैबार
बाजुरामा यसरी मनाईयो प्रहरी दिवस (फोटोफिचर )

नागरिक रैबार/बाजुरा २४ असोज।जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार ६४ औं प्रहरी दिवस मनाएको छ । ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरु एवम् पूर्ब प्रहरी कर्मचारीहरुमा शुभकामना, वीर अमर प्रहरीहरुमा हार्दिक श्रद्धाञ्जली, कर्तव्य पालनाको क्रममा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवस मनाईएको हो ।

दिवसको अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले भने बाजुरा जिल्लाको शान्ति सुरक्षामा कुनैपनि कमि हुन नदिने बताए । उनले जनताको जिउधनको सुरक्षाका लागि जस्तोसुकै परिस्थितिमा पनि प्रहरीले पहिलो प्राथमिकतामा राखेर जनताको सुरक्षा दिने बताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको शान्ति सुरक्षामा खेलेको भुमिका प्रति प्रशंसा गरेका थिए ।

विज्ञापन


दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले प्रस्तावित प्रहरी चौकीका लागि उपयुक्त जग्गा दान गर्ने रिठा बजारका होमनाथ जोशी र निजकी धर्मपत्नी योगमाया जोशी त्यस्तै प्रस्ताबित प्रहरी चौकी आटीचौरका लागी जग्गा दान गर्नेे गोपाल सिंह र राजेश सिंह र प्रहरी चौकी मौरेको भवन निेर्माणको लागि जग्गा दान गर्ने त्रिवेणी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षलाई सम्मान गर्दै कदर पत्र प्रदान गर्नु भएको ।


प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुरामा आयोजित कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट, प्रहरी निरिक्षक जनकराज ढुंगाना, लोकेन्द्र सिंह गूरु लगायत प्रहरीका अन्य कर्मचारीहरु र जग्गादान गर्ने जग्गादाताहरु सहभागि थिए ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार