होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • दशैँको अवसर पारि खुला भलिवल प्रतियोगिता हुने
खेलकुद

दशैँको अवसर पारि खुला भलिवल प्रतियोगिता हुने

  • नागरिक रैबार
दशैँको अवसर पारि खुला भलिवल प्रतियोगिता हुने

नागरिक रैबार/बाजुरा १५ असाेज। विजया दशमी तथा शुभ–दिपावलीको अवसर पारि बडीमालिका कप खुला भलिवल प्रतियोगिता हुने भएको छ ।सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त प्रतियोगिता संचालक हुन लागेको हो । आयोजकले दाेस्रो पदम खत्री स्मृति तथा बडीमालिका कप खुला भलिवल प्रतियोगिताको नाममा प्रतियोगिता गर्न लागेकाे हाे ।

उक्त प्रतियोगिताको आर्थिक सहयोग बडीमालिका कम्पनी पिएस मोटरका संचालक अमर सिह खत्रीकाे रहेको छ । युवा खेलाडीहरुको प्रतिभा पहिचान गदैँ राष्ट्रिय स्तरका खेलाडीको उत्पादन गर्ने र युवाहरुलाई पढाई वाहेक खेलकुद गतिविधीमा सहभागी गरान तथा खेलका माध्यम बाट पनि मानिसलाई आत्मसम्मान तथा सामाजिक एकताका साथै सामाजिक विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने भवनाको सवैमा जनचेतना अभिवृद्धी गर्ने, खेलका माध्यम आम मानिसहरुमा भाईचारको भावनाको विकास गराउने उदेश्यले खेलको आयोजना गरिने पत्रकार सम्मेलन मार्फत खत्रीले बताए ।

प्रतियोगिता बुढीगंगा नगरपालिका पार्वती मावि पैमामा संचालन गरिने आयोजकले बताएको छ । प्रतियोगीलाई पुरस्कारको सहित मेडलको पनि प्रदान गरिने छ ।

विज्ञापन

प्रथम पुरस्कार नगद रु ५१ हजार १ सय ११ सहित मेडल, ट्रफी र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद २५ हजार १ सय ११ सहित मेडल ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडीलाई ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क रु ५ हजार १ सय ११ रुपैँया लिइने आयोजकले जनाएको छ ।

असोज २२ गतेबाट संचालन हुने उक्त कार्यक्रममा २५ गते समापनको दिन राष्ट्रिय स्तरका प्रख्यात कलाकारको बजोड प्रस्तुती रहने छ । राष्ट्रिय कलाकारहरु नरेन्द्र राज रेग्मी, बिनोद बाजुरेली, लाल बहादुर धामी, (अछामी बड्डो) रेखा जोशी, भिम थापा, कल्पना ढुङ्गाना, भिम बिष्ट लगाएतका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार