होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवाको भावना युवाले नै बुझ्छन् – नरेश र नरेन्द्र
समाचार

युवाको भावना युवाले नै बुझ्छन् – नरेश र नरेन्द्र

  • नागरिक रैबार
युवाको भावना युवाले नै बुझ्छन् – नरेश र नरेन्द्र

बाजुरा जिल्लामा पछिल्लो समय यातायातको सहज पुहुँचसंगै युवाहरु सृजनशिल काममा अघि बढेकोमा नेकपा जिल्ला कमिटी सदस्य नरेश कुमार रोकाया र बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले खुशी व्यक्त गर्नु भएको छ ।

स्वामीकार्तिक अटो पाट्स एवं बजाज कम्पनीको सर्भिस सेन्टर तथा विक्री केन्द्रको संयुक्त रुपमा रिवन काटेर समुद्घाटन गर्दै सो कुरा व्यक्त गरेका हुन् ।
उक्त सर्भिस सेन्टरको समुद्घाटन गर्दै नेकपाका युवा नेता रोकायाले हर्षिदै अब समाज परिवर्तन र समयानुकुलको पेशा व्यवसायमा युवाहरु युवाहरुको भावना अनुरुप अघि बढ्कोमा शुभकामन व्यक्त गरेका छन् । बाजुरा जिल्लाबाट सवारीका साधान तथा मोटर बाईक किन्न समेत धनगढी नै जानु पर्नै बाध्यता दुई जना युवा व्यवसायीले हटाएका छन् । यो जिल्लाका लागि खुशीको कुरा हो उहाँले भन्नु भयो ।

विज्ञापन

संयुक्त रुपमा उक्त सर्भिस सेन्टर तथा विक्री केन्द्रको समुद्घाटनमा रिवन काट्दै अर्का नेकपा बुढीगंगा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाले बाजुराली युवाहरु सृजनशिल हुँदै गएको र अब देशको आर्थिक सम्वृद्धिसंग जोडिएका विषयमा युवा लक्षित भएको हुँदा निकै खुशी भएको बताएका छन् ।
सदरमुकाम मार्तडीको न्युरोडमा रहेको उक्त सेन्टरमा बजाज कम्पनीका नयाँ मोटर साईकलहरु विक्रीका लागि ल्याईएका संचालक डेनिस शाहीले बताएका छन् ।

उहाँले बाजुराली युवाहरुको मागमा आधारित व्यवसाय रोजेको र युवाहरुलाई मोटर साईकल किन्न र उनीहरुको चाहाना परिपुर्ति गर्न जिल्लान्तर हुनुपर्ने बाध्यता हटाउने उद्देश्य राखेका उनले बताए । उद्घाटन कै दिन पत्रकार अनिल शाही र इन्जीनियर दिपक भारतीलाई नयाँ बजाज कम्पनीका बाईक खरेदेकोमा चावी हस्तान्त्रण समेत गरेका छन् ।
सवारी साधन मर्मत तथा विक्रि बाजुरामै

बाजुरामा सवारी साधन मर्मत तथा विक्रि वितरण गरिने भएको छ । बाजुरामा पहिलो पटक अटो पाट्स एवं बजाज कम्पनीको सर्भिस सेन्टर तथा विक्रि केन्द्र संञ्चालनमा ल्याएको हो । सवारी साधन विग्रीयमा धनगढी जानु पर्ने बाध्यता हटेको छ । सेन्टरमा बजाज कम्पनीका नयाँ मोटर साईकलहरु विक्रीका लागि ल्याईएका छन् । अबबाट सवारी साधन विग्रीयमा अन्य ठाउँ जाननहुने संचालक डेनिस शाहीले बताएका छन् । उक्त सेन्टर जिल्ला सदरमुकाकम मार्तडीे न्युरोमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार