होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १६ चैत । बडीमालिका नगरपालिका वडा नंम्बर ८ स्थित बाहुली खाेलामा डुवेर एक बालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बडीमालिका ८ बाहुली बस्ने कुगां थापा भोटेकी अन्दाजी १५ वर्षिया छोरी निर्मला थापा रहेेकी छन् । आईतबार दिउसाे करिव २ बजेकाे समयमा बाहुली खाेलामा रहेकाे नदिमा नुहाउने क्रममा उनकाे नदिमा डुवेर मृत्यु […]
गगन अयडी/ चैत १६ धनगढी। त्रिवेणी नगरपालिका बाजुराले शनिबार देखि कडा रुपमा लकडाउन गर्ने निणर्य गरेको छ । शनिबार नगरपालिका नगरप्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले स्व निर्णय गरेको हो । त्रिवेणी नगरपालिकाका मुख्य मानिएका नाकाहरू मौरे, छतार ,सेरा लगायतका एक स्थानीय तह देखी अर्को स्थानीय तह जोड्ने नाकाहर पनि सबै बन्द गरिएको त्रिवेणी […]
नागरिक रैबार/बाजुरा १५ चैत्र।नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा बाजुराका कर्मचारीहरुले नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा २५ हजार रकम सहयोग गर्ने निर्णय गरेको छ । नेपाल निजामति कर्मचारी संगठनका कर्मचारीहरुबाट रकम संकलन गरेर उक्त कोषमा २५ हजार जम्मा गर्ने निर्णय गरिएको संगठनले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । चीनको बुहान […]
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार काठमाण्डौबाट क्रमशः लेखापढी भई गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाजुराबाट आवश्यक व्यवस्था सम्बन्धी कार्यान्वयन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराको सबैमा जानकारी यस्ताे छ हेर्नुस् । १. अत्यावश्यक औषधि र स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यान्न वस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने सहकारी तथा निजि उद्योगहरूबाट उत्पादित उत्पादनहरू बिलबिजकको आधारमा बजार […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बडीमालिका नगरपालिका वडा नं. ९ ले वडावासीलाई माक्स र सावुन वितरण गरेको छ । बडीमालिका नगरपालिका ९ को आफ्नै लगानिमा वडा भित्रका करिव ५ सय बढी घरधुरीका लागि १ हजार ५० वटा सावुन र ८ सय ५० वटा माक्स वितरण गरेको वडा अध्यक्ष विनोद कुमार […]
नागरिक रैबार/बाजुरा १४ चैत्र।कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र संकाष्पद व्यक्तिहरुको अलग्गै उपचारका लागि सदरमुकाम मार्तडीमा १० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएकोे छ । जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र जिल्ला सुरक्षा समितिको सामुहिक बैठकले आईसोलेन कक्ष निर्माणका लागि तत्कालीन जिल्ला समन्वय समितिमा रहेको सभाहललाई अलग्गै उपचार कक्ष बनाउने निर्णय गरेको थियो । […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन गौमुल गाउँपालिकाले आजबाट गाउँपालिका भित्रका सवै ठाउँमा आवत जावतमा पूर्ण रोक लगाएको छ । कोरोना भाईरस संक्रमणको परिस्थितिलाई मध्येनजर गरेर गाउँपालिकाले विहिबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका एक वडा बाट अर्को वडा र एक टोलबाट अर्को टोल र जिल्ला सदरमुकाम मार्तडीमा समेत आवत […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट बच्नका लागि निर्माण गर्ने भनिएका आईसोलशन कक्षहरु अझै निर्माण हुन सकेका छैनन् । यस अघि जिल्लास्थित सरोकारवाला निकायसहितको ९ गते बसेको बैठकले तत्काललाई जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हल प्रयोग गरेर २० वटा आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले निर्णय […]
गगन अयडी/धनगढी १३ चैत्र। बाजुराको त्रिवेणी नगरपालिकाले भारतका विभिन्न जिल्लाबाट काम गरेर फर्केका त्रिवेणी नगरपालिकाका बासिन्दालाई क्वारेन्टाइनमा राखेको छ । सुदुरपश्मिका कैलालीको त्रिनगर भन्सार र कन्चनपुरको गड्डाचौकी नाका भएर नेपाल आएका नागरीकलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । सीमा नाकाबाट नेपाल प्रवेश गरेका महिला पुरुष गरी ९ र १ जना बालक गरी जम्मा १० जनालाई नगरपालिको […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। नेपाल सरकारले गत मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि लकडाउनको तेस्रोदिन आज बाजुरा जिल्ला झनै सुनसान बन्दै गएको छ । विश्वभर महामारीका रुपमा फैलिएको ‘कोरोना भाईरसको संक्रमण र रोकथामका लागि बाजुरा जिल्लामा पनि लकडाउन जारी रहेको छ । लकडाउनको तेस्रो दिन सदरमुकाम मार्तडी बजार आसपासका क्षेत्रहरुमा प्रहरीले बाक्लो उपस्थिति जनाएर […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गंगाप्रसाद न्यौपानेले बाजुराबासी सवैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । अनावश्यक रुपमा घरबाहिर निस्किएर भिडभाड गर्ने जो कोहीलाई भोली देखि नियन्त्रणमा लिएर सरकारले गरेको निर्णय अनुसार कानुनी कारवाही गर्न बाध्य हुनेछौ प्रजिअ न्यौपानेले बताए । उहाँले भन्नुभयो बरु […]
अनिल शाही/कोल्टी १२ चैत्र । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी बुधबारबाट एम्वुलेन्स सेवा सूचारु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका लगाएत कुण्डा क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै स्वामीकार्तिक खापर गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् । बुधबार गाउँपालिकाले पिलुचौरमा एम्बुलेन्सको पण्डित बर्तराज उपाध्याय […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। छिमेकी मुलक भारत र स्वदेश भित्रका विभिन्न शहरबाट बाजुरा आएका ४६ जना नेपालीहरुलाई मालिका माविमा राखिएको छ । बुधबार साँझ मार्तडीमा पुगेका उनीहरु सवैलाई मालिका माविमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बुधबार मात्रै सदरमुकाम मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक बिद्यालयका बिभिन्न कोठामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। स्वास्थ्यकर्मी तथा साहियत्कार भनेर चिनिने रीता शाहीले आफ्नो व्यक्तिगत खर्चबाट कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई सावुन, रुमाल र माक्स सहयोग गरेकि छन् । विश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहेको बेला बालवालिकालाई कोरोनाबाट जोगाउनका लागि कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई सावुन र माक्स वितरण गरेकि हुन् । जिल्लामा रहेको उक्त अनाथालयमा हाल सम्म […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा अहिलेसम्म १५ वटा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार कोरोना भाईरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि १५ वटा स्थानमा हेल्थ डेस्कहरु स्थापना भएका छन् । बाजुरामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि इकडी, मार्तडी बसपार्क, जिल्ला […]
मदन विक/बाजुरा १२ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट जोगिन सरकारले मंगलबार बाट घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बाजुरा प्रहरीले पनि सक्रियता बढाएको छ । मंगलबारबाट सूरु भएको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी लगायतका बजारहरुमा बिहानैदेखि सकडमा गस्ति परिचालन संगै कोरोना भाइरसबारे जनचेतना जगाउँदै माइकिङ समेत गरेको छ […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
बिराटनगर । भनिन्छ, कोरोनाको जोखिम बालबालिका र युवालाई भन्दा वृद्धवृद्धालाई बढी हुन्छ । यस्तो बेलामा ज्येष्ठ नागरिकहरुले सबैभन्द बढी सतर्क हुनुपर्छ र घरभित्रै रहनुपर्छ । तर, मंगलबार बिहान मोरङको तेतरियामा अलि अनौठो दृश्य देखियो । कोरोनाको संक्रमण हुन नदिन सरकारले देशभर लकडाउन गरेकै दिन मंगलबार मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरियामा रहेकोे सेन्चुरी कमर्सियल बैंकमा ज्येष्ठ नागरिकहरुको […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]