होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • त्रिवेणी क्वारेन्टाईनमा बसेकाले भने हामी भारत बाट आएका हाेईनौ
स्वास्थ्य-जीवनशैली

त्रिवेणी क्वारेन्टाईनमा बसेकाले भने हामी भारत बाट आएका हाेईनौ

  • नागरिक रैबार
त्रिवेणी क्वारेन्टाईनमा बसेकाले भने हामी भारत बाट आएका हाेईनौ
गगन अयडी/धनगढी १८ चैत । बाजुराको त्रिवेणी नगरपालिकाको क्वारेन्टाइनमा राखिएका १० जनाले भने हामी भारतबाट नभई कैलाली र कन्चनपुरबाट आएको बताएका छन् ।
क्वारेन्टाइनमा राखिएका उनीहरु सवै भारतबाट नभई कैलाली र कन्चनपुरबाट आएको बताउँदै आएका छन् । सुदुरपश्मिका कैलालीको त्रिनगर भन्सार र कन्चनपुरको गड्डाचौकी नाका भएर आफुहरु नआएका उनिहरुले बताएउँदै आएका छन् ।
महेन्द्रनगर वाट ४ पुरूष २ महिला १ बालक र ३ जना पुरूष धनगढीबाट आएका हुन् । एकै परिवारका ६ जना घरमा पुजा गर्न गएको मानव बहादुर बुढाले वताए ।
महेन्द्रनगरमा लामो समयदेखि होटल चलाउदै आएको थिए उहाँले भन्नुभयो हामीले नेपाल सरकार र स्थानीय सरकारको नियमलाई पालना गरेका हौ । आफु माग २८ गते बाईक दुर्घटनामा परेको थिए ।
लामो समय देखी घर परिवार संग भेटघाट गर्न नपाएकोले हामी ३ जना धनगढीबाट आएको लोकेन्द्र बुढाले बताए । एता त्रिवेणी नगरपालिका नगरप्रमुख रामसिंह रावलले भन्नुभयो सरकारको नियम अनुसार आफूहरूले उनीहरुलाई क्वारेन्टाइनमा राखेको बताए । उनिहरु विदेश बाट आएको टिमहरु संग भएकोले पनि राख्न बाध्य रहेको उहांले जानकारी दिनुभयो ।
त्यसैमा उनिहरु नेपालमा लकडाउन भैसकेपछि आएकोले पनि क्वारेन्टाइनमा राखेका हौ ,उनीहरुले १४ दिन सम्म क्वारेन्टाइनमा बस्नै पर्छ नगरप्रमुख रावलले भने खान बस्नको र उपचारको ब्यबस्था नगरपालिकाले बेहोरेको छ । क्वारेन्टाइनमा बसेका सवै जनाले आफूहरू नेपाल भित्र बाटै आएकोले १४ दिनसम्म क्वारेन्टाइनमा राखेकोमा दुख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार