होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणीमा पनि १० जनालाई क्वारेन्टाइनमा राखियो
देश/प्रदेश

त्रिवेणीमा पनि १० जनालाई क्वारेन्टाइनमा राखियो

  • नागरिक रैबार
त्रिवेणीमा पनि १० जनालाई क्वारेन्टाइनमा राखियो

गगन अयडी/धनगढी १३ चैत्र।  बाजुराको त्रिवेणी नगरपालिकाले भारतका विभिन्न जिल्लाबाट काम गरेर फर्केका त्रिवेणी नगरपालिकाका बासिन्दालाई क्वारेन्टाइनमा राखेको छ । सुदुरपश्मिका कैलालीको त्रिनगर भन्सार र कन्चनपुरको गड्डाचौकी नाका भएर नेपाल आएका नागरीकलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ ।

फोटो नविन साउद बाजुरा तोली

सीमा नाकाबाट नेपाल प्रवेश गरेका महिला पुरुष गरी ९ र १ जना बालक गरी जम्मा १० जनालाई नगरपालिको नजिकमा रहेको तोली स्वास्थ्य चौकिको भवनमा क्वारेन्टाइनमको ब्यवस्था मिलाएर नगरपालिकाले राखेको नगरपालिकाका कार्यकारी प्रमुख खगेन्द्र साउंदले जानकारी दिए ।

अन्य ओहोरदोहोर गर्ने स्थानीय नागरिकलाई पनि शंकास्पद देखिए निगरानीमा राखेर हेल्प डेक्सको स्थापना गरि चेकजाँच गरेर मात्र घरमा पठाउने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख चिरनजिवी शाहले वताए ।

विज्ञापन

विश्वभरी फैलिपएको भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गर्न सम्पुर्ण नगर वासिलाई त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिं रावलले आग्रह गर्नुभयो , उहाले भन्नुभयो क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मो्मिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा राखिएका सबैको खाने, बस्ने व्यवस्था नगरपालिकाले नै गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीबाट ‘हेल्प डेस्क’ मा स्थानीय र विदेशबाट नेपाल आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा खोकीको चेकजाँच पनिकडा गरीनु साथै टोल टोलमा गएर साबुन पनि बितरण गरेकोे नगर प्रमुख रावलले वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार