होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • गौमुलमा आजबाट आवतजावतमा पूर्ण रोक लगाईयो
अपराध

गौमुलमा आजबाट आवतजावतमा पूर्ण रोक लगाईयो

  • नागरिक रैबार
गौमुलमा आजबाट आवतजावतमा पूर्ण रोक लगाईयो

नागरिक रैबार/बाजुरा १४ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन गौमुल गाउँपालिकाले आजबाट गाउँपालिका भित्रका सवै ठाउँमा आवत जावतमा पूर्ण रोक लगाएको छ ।

कोरोना भाईरस संक्रमणको परिस्थितिलाई मध्येनजर गरेर गाउँपालिकाले विहिबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका एक वडा बाट अर्को वडा र एक टोलबाट अर्को टोल र जिल्ला सदरमुकाम मार्तडीमा समेत आवत जावत गर्न पूर्ण रोक लगाएको हो ।

आवत जावतमा पूर्ण रोक लगाएको समयमा बाहिर जुनसुकै ठाउँबाट गाउँपालिकामा आउने व्यक्तिलाई गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने बताएको छ ।

विज्ञापन

नेपाल सरकारको मिति २०७६ चैत्र १० गतेकाे निर्णय अनुसार चैत्र ११  गतेबाट देश पुरै लकडाउन गरेकोले सो निर्णयको पालना गरेर सहयोग गरिदिन गाउँपालिकाबासी सबैलाई गाउँपालिकाले आग्रह समेत गरेको छ । गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म अत्याआवश्यक कामबाहेक बाहिर ननिसक्न सवैलाइ अनुराेध गरेकाे छ ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन यो समयमा आफ्नो र आफ्नो परिवारको जिउज्यानको रक्षाको लागि सवै पक्षबाट समर्थनको जरुरत रहेकोले यस घडिमा गाउँपालिकाबासी सवैले आ आफ्नो घरमै बसौ र अरुलाई पनि घरबाहिर ननिस्केर एक आपसमा सूचना आदान प्रदान गरि सहयोग गर्न गाउँपालिकाका निः प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले आग्रह गरेका छन् ।

लकडाउनको समयमा गाउँपालिकाले जारी गरेको सूचना अनुसार यदी कसैले यसको उलघंन गरेमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही समेत गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार