होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरामा आईसोलशन कक्ष निर्माणमा ढिलाई
स्वास्थ्य-जीवनशैली

बाजुरामा आईसोलशन कक्ष निर्माणमा ढिलाई

  • नागरिक रैबार
बाजुरामा आईसोलशन कक्ष निर्माणमा ढिलाई

नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट बच्नका लागि निर्माण गर्ने भनिएका आईसोलशन कक्षहरु अझै निर्माण हुन सकेका छैनन् ।

यस अघि जिल्लास्थित सरोकारवाला निकायसहितको ९ गते बसेको बैठकले तत्काललाई जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हल प्रयोग गरेर २० वटा आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो ।

बैठकले निर्णय गरेको ४ दिन वित्न लाग्दा समेत उक्त हलमा अहिलेसम्म आईसोलेसन कक्ष निर्माण हुन सकेको छैन् । जिल्लामा अहिले भारत तथा अन्य स्थानहरुबाट प्रवेश गर्नेहरुको लर्को लागिरहेको छ ।

विज्ञापन

तर बाहिरबाट आउनेहरुका लागि तयार गरिएका जिल्लाका सवै हेल्थ डेक्समा कोरोना भाईरसको संक्रमण भए नभएको चेकजाँच गर्नका लागि आवश्यक उपकरणहरु छैनन् ।

हेल्थ डेक्समा चेकजाँच पछि कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको संका लागेपछि उनीहरुलाई तत्कालै आइसोलेसन कक्षमा राखेर उपचार गर्नुपर्ने स्वास्थ्यकर्मी भनाई छ ।

यता स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तका अनुसार हालसम्म जिल्ला अस्पताल मार्तडीमा ३ वटा र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ गरी जम्मा ५ वटा आईसेलेन कक्ष तयारी अवस्थामा रहेका छन् ।

सदरमुकाम मार्तडीमा रहेको जिल्ला समन्वय समितिको समिक्षालयको हलमा निर्माण गर्ने गर्ने भनिएका २० वटा व्याडहरु सहितको आइसोलेसन कक्षका लागि आवश्यक भौतिक सामाग्रीहरुको अभाव हुँदा ढिलाई भएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् ।

.अन्य जिल्लामा आईसोलेसन कक्ष निर्माण भइसकेका भएपनि बाजुरा जिल्लामा आइसोलेसन कक्ष निर्माणमा ढिलाई हुँदा यहाँका स्थानीयहरु त्रसित बन्दै गएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार