होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राजेश पायलले गरे एकमहिनाको घरभाडा नलिने घोषणा
देश/प्रदेश

राजेश पायलले गरे एकमहिनाको घरभाडा नलिने घोषणा

  • नागरिक रैबार
राजेश पायलले गरे एकमहिनाको घरभाडा नलिने घोषणा

नागरिक रैबार/बाजुरा १८ चैत्र। मोडल राजेश पायलले सदरमुकाम मार्तडीमा रहेको आफ्नो घरमा बस्ने परिवारहरु संग एकमहिनाको भाडा नलिने घोषणा गरेका छन् ।

विश्वभर महामारीको रुप लिँदै फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले लकडाउन लम्ब्याएपछि राजेशले सदरमुकाम मार्तडीको खेलकुद मैदान अगाडि रहेको आफ्नो घरमा बहालमा बस्ने परिवारसँग चैत्र महिना भरीको भाडा नलिने घोषणा गरेका हुन् ।

बडीमालिका नगरपालिका वडा नं ९ निवासी शिक्षक गोरखबहादुर विश्वकर्मा घरधनी रहेको उक्त घरमा १५ कोठाहरुमा सदरमुकाम मार्तडी बाहिरबाट आएका परिवारहरु बहालमा बस्दै आएका छन् ।

विज्ञापन

उक्त घरबहालमा लिएर बसेका परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण आफुले एकमहिनाको घर भाडा नलिने घोषणा गरेको पायलले बताएका हुन् ।

उक्त घरमा बहालमा बसेकाहरुबाट प्रतिमहिना करिव २० हजार बढी भाडा संकलन हुने गर्दछ । बाजुरामा घरको भाडा नलिने घरधनीमा गोरख विश्वकर्मा पहिलो देखिएका छन् ।

नेपाल पत्रकार महासघं बाजुरा शाखाको कार्यालय समेत रहेको सो घरमा सबै गरी महिनामा २० हजार भाडा हुन्थ्यो त्यो सबै छुट गरेको पायलका बुवा गोरख बहादुर बिश्कर्माले बताए ।

राजेश पायल घरधनी विश्कर्माका माइलो छोरा हुन् । उनले विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । भने हालै सार्वजनिक भएको छाउपढी प्रथामा आधारित चेलिको बेदना नामक उनले निर्देशन गरेको पहिलो टेलिसियिल अहिले चर्चामा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार