होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा १० वेड सहितको आईसोलेसन कक्ष तयार
Breaking News

बाजुरामा १० वेड सहितको आईसोलेसन कक्ष तयार

  • नागरिक रैबार
बाजुरामा १० वेड सहितको आईसोलेसन कक्ष तयार
जिल्ला समन्वय समितिको सभाहलमा तयार गरिएकाे आइसोलेसन कक्ष । तस्वीर: मदन विक

नागरिक रैबार/बाजुरा १४ चैत्र।कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र संकाष्पद व्यक्तिहरुको अलग्गै उपचारका लागि सदरमुकाम मार्तडीमा १० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएकोे छ ।

जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र जिल्ला सुरक्षा समितिको सामुहिक बैठकले आईसोलेन कक्ष निर्माणका लागि तत्कालीन जिल्ला समन्वय समितिमा रहेको सभाहललाई अलग्गै उपचार कक्ष बनाउने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेसँगै बाजुरा जिल्लामा पनि उपचारका लागि अलग्गै आइसोलेसन कक्षको व्यवस्था मिलाएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताए ।

विज्ञापन

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर प्रयोगविहीन अवस्थामा रहेको जिल्ला समन्वय समितिको भवनलाई अलग्गै उपचारको व्यवस्थाका लागि प्रयोगमा ल्याइएको बताए ।

अलग्गै उपचार गर्ने सो आइसोलेसन कक्षका लागि बेड, स्वास्थ्यकर्मी, औषधी र उपकरणको व्यवस्थापन जिल्ला अस्पताल बाजुराले गर्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले बताए ।

नेपाल सरकारले गत मंगलबारदेखि देशै भरि लकडाउन गरेपछि बाजुरा पनि अहिले सुनसान बनेको छ । जिल्ला सुरक्षा समिति बाजुराले अर्को निर्णय नभएसम्मका लागि जिल्ला भर सामूहिक रूपमा भीडभाड नगर्न र आवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा तयार पारिएका १० वेड सहितको आइसोलेन कक्ष निर्माण भएसंगै अव बाजुरामा १५ वटा आईसोलेन कक्ष तयारी अवस्थामा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार