होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा बाजुराले बाजुरामा गत असार २९ गते देखि साउन २६ गते सम्म आएको भिषण वर्षा र बाढी पहिरोका कारण बाजुराले व्यहोरेको अतुलनीय क्षती र बाजुरेली जनताले हाल भोगिरहेको पीडालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा […]
बाजुरा — बाजुरामा साउन २६ गते बिहान ३ बजे गएको बाढि र पहिरोमा परि बिपत्तीमा परेका पिडीतहरुलाई बडिमालिका मिडिया हाउसको समन्वयमा राहत बितरण गरिएको छ । बिश्व बिख्यात रक्तदाता अर्जुन प्रशाद मैनाली र बाजुरा बडिमालिका नगरपालिका ७ ढम्कने स्थायी बसोबास गर्ने हाल जापानमा रहेका प्रेम बहादुर बोगडीको सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी […]
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाले मिडिया विधेयक संसोधनको माग गरेको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आईतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत सुदूरपश्चिम प्रदेशका सभामुखलाई मिडिया विधेयक संसोधनको माग गर्दै प्रेस विज्ञप्ति पेश गरेको हो । नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर वि.क द्धारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा […]
नागरिक रैबार/बाजुरा ३२ साउन। साउन २५ गते परेको अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बाढी पिडित परिवारलाई बझाङ्ग-बाजुरा सम्पर्क समितिले सहयोग गरेको । बझाङ्ग-बाजुरा सम्पर्क समितिले बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका २ घाघर र बाढीकै कारण पुल बगाएपछि विस्थापित बनेका गौमुल गाउँपालिका वडा नं. […]
नागरिक रैबार/बाजुरा ३२ साउन। बडीमालिका नगरपालिका वडा नं. २ कि ६५ वर्षिया ऐसनी महतको शव एकसाता वितिसक्दा पनि भेटिएको छैन् । बुढीगंगा नदिमा बेपत्ता भएको एकसाता वितिसक्दा पनि उनको अवस्था अझै अज्ञात छ । गत आईतबार राति बुढीगंगा नदिमा आएको बाढीका कारण ६५ वर्षिया महत सोही नगरपालिका २ को घाघर गाउँबाट रातिको समयमा बेपत्ता भएकी […]
नागरिक रैबार/बाजुरा ३० साउन। अविरल वर्षाका सँगै आएको बाढीका कारण बाजुरा जिल्लामा भएको धनजनको क्षति प्रति नेपाल विद्यार्थी संघ बाजुराले ध्यानाकर्षण पत्र बुझाएको छ । यहि साउन २५ गते अविरल वर्षासँगै आएको बाढीले साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नदीमा भएको बेलिब्रिज र सडक बगाएपछि नेविसंघ बाजुराले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे ।साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिंगगा, […]
नागरिक रैबार/बाजुरा २९ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा ल्याउन लागेको अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजारले बरामद गरि नष्ट गरेको छ । अछाम साँफेबगरबाट से.१ ज २२२४ नम्बरको जीपमा चाउचाउसंगै लुकाईछिपाई मार्तडी ल्याउँदै ५५ पेटी अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराले बरामद गरि नष्ट गरेको हो । बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा सन्तरा नामक […]
नागरिक रैबार/बाजुरा २९ साउन। बडीमालिका नगरपालिका वडा ८ का ८१ वर्षका वृद्ध काल्चे रावल लामो समयदेखि दम र फोक्सोको समस्याका कारण विरामी छन् । दम र फोक्सोको समस्याका कारण थला परेर घरमा बस्दै आएका रावललाई विहिबार एकाएक स्वास्थ्यमा जटिल समस्या आएपछि नाति विरेन्द्र रावलले सकि नसकी बाजेको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल बाजुरामा पुर्याए ।अस्पतालमा […]
केही दिन यता हाम्रो समाजमा झैझगडा, असन्तुष्टि र बिबादहरु भैरहेका छन । यस प्रकारका सामाजिक सद्भाव बिथोल्ने विवाद एवं झैझगडाहरु दाेहाेरिन नदिने बाताबरणका लागि स्थानीय तह, राजनीतिक दल, प्रहरी प्रशसन लगायत सम्बन्धित सराेकारवाला पक्षहरु सँग हार्दिक आग्रह छ । समाजमा एकलाई परेको बेला अर्कोले उद्दार भावले सघाउने, दुखबेदना बाडचुड गर्ने, एक ताउलाकाे भात, एक नाउलाकाे […]
नागरिक रैबार/बाजुरा २८ साउन । गत आइतबार आएको बाढी र पहिरोबाट पीडित बनेका परिवारका लागि धनगढीमा राहत सँकलन सूरु गरिएको छ । बाजुराका बाढी पहिरो पीडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले धनगढीमा राहत संकलन गर्न सुरु गरेको छ । प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित बनेका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा दुनिहाटबजारका व्यापारीहरु मिलेर सदरमुकाम मार्तडीमा बाढीपहिरो पिडितका लागि राहत जुटाउने सुरु गरिएको हो । बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका स्थानीयहरुलाई वितरण गरिने […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बुढीनन्दा नगर संगठन कमिटीद्धारा बुधबार कोल्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि एक दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । कोल्टीमा आयोजित नेकपा नगर संगठन कमिटीको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश […]
मानव एक सर्वश्रेष्ठ प्राणी हो त्यसैले त गास,वास,कवास को अति आवश्यक छ । मानव लाई यहाँ कसैलाई जिवन जिउन कति कठिन छ,त्यो कठिन अवस्थामा दिन काट्दैछन् त्रिवेणी नगरपालिका ३ अपाङ्ग धौले भण्डारी र उनकी श्रीमति कमला भण्डारी । राज्यले उक्त दम्पति दुवैलाई अपाङ्ग परिचए पत्र त दिएको छ तर धौले भण्डारी लाई आफ्नो दैनिक जिवन […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का युवाले भत्केको बाटो मर्मत गरेर अवरुद्ध बाटो सुचारु गरेका छन् । वडा नं. ९ स्थित गैरीबजार देखि माझगाउँ आउने बाटो साउन २५ गते रातिको अविरल वर्षाका कारण भत्केको थियो । बाटो भत्किएपछि माझगाउँ देखि गैरीबजार जाने बाटो अवरुद्ध बनेको थियो । सो ठाउँको बाटो […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व […]
प्राकृतिक विपदका कारण बाजुरामा थुप्रै वस्तीका बासिन्दा यतिबेला पीडा र कष्टमा छन् । केही गाउँहरुसँग त भौतिक सम्पर्क विच्छेदको अवस्था छ । उनीहरुलाई राहत र उद्धारका कार्यक्रम तत्काल सुरु गर्न त जरुरी छ नै । तर वर्षेनी भइरहने जोखिमको दीर्घकालीन समाधानका लागि याेजना निर्माण र कार्यान्वयनमा सरकार र जनप्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हो । विडम्वना […]
बाजुरा स्थित नागरिक संघ- संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् । जिल्ला स्थित पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी संस्था महासंंघ नेपाल, फियान […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको बुढीगंगा नदिको किनारमा मंगलबार विहान मृत अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेको छ । बुढीगगा नदिमा मृत अवस्थामा भेटिएकी बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी ७ महिनाकी छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईले दिएको जानकारी अनुसार मंगलबार विहान […]
अनिल शाही / बाजुरा २६ साउन ।लगातार बर्षा र कर्णाली नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेकाे झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न […]