होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काठेपुल निर्माणमा जुटे सांसद बल्देव रेग्मी
देश/प्रदेश

काठेपुल निर्माणमा जुटे सांसद बल्देव रेग्मी

  • नागरिक रैबार
काठेपुल निर्माणमा जुटे सांसद बल्देव रेग्मी

जीबन कैला
बाजुरा, भदौ
सुदुरपश्चिम प्रदेश सभा सदश्य सांसद बल्देव रेग्मी यतिबेला गृह जिल्लामा आएर बाढीपीडीतको साहारा बनिरहनुभएको छ । उहाँ बाढीपिडीतको घर दईलोमै गएर आसभरोसा दिइरहनुभएको छ, भने कहिले बाटो बनाउन त कहिले काठेपुल बनाउन समेत आफै जुटीरहने भएको थियो ।
आज मात्रै बाजुराको वुढिनन्दा नगरपालिका वडा नं दुईको धोपेगाड खोलामा उहाँ काठेपुल निर्माणमा जुटिनुभएको हो । गत मंगलवारको अविरल वर्षा पछि अवरुद्ध वनेको कोल्टीको धोपेगाड खोलामा आवत जावतमा समस्या आएपछि सांसद रेग्मीलगाएतको टोलीले आज काठेपुल निमार्ण गरेको छ । काठेपुल निर्माण कार्यमा सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मी, वुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी, नेकपा जिल्ला कमिटी सचिवालय सदश्य भरत विक, बुढीनन्दा नगरपालिका वडा नं चारका वडाअध्यक्ष राजन कुमार रोकाया लगायत स्थानिय वासिको सक्रियतामा सो खोलामा काठेपुल निमार्ण गरीएको वडाअध्यक्ष राजन कुमार रोकायाले जानकारी दिनुभएको छ ।
गत मंगलबार आएको बाढीले सो खोलामा रहेको काठको पुल बगाउदा कोल्टी, र्मातडी, पाण्डुसैन, विर्सैन र छातिकोट लगायतका ठाँउका स्थानियलाई आवत जावत गर्न निकै कठिनाई भैरहेको थियो । आजत जावतको समस्यालाई मध्यनजर गर्दै प्रदेश सांसद रेग्मीले तत्काल स्थानियलाई आवतजाबत गर्न सहज होस भन्ने उदेश्यले काठको पुल लगाईएको बताउनुभएको छ ।
त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तिनको गोरेटो वाटो आज मर्मत गरीएको छ । मंगलवार रातिको अविरल वर्षा पछि अवरुद्ध वनेको वडा नं तिनको गोरेटो वाटो आज स्थानिय युवाहरुले मर्मत गरेका छन । वडा नं तिनका ५० वढि स्थानिय युवाहरुको समुहले वडा नं तिनको नुरी देखि खुवा, डागे्रवाडा, भुलेना तलिगोठि र सुनतोला लगायतका ठाँउको गोरेटो वाटो मर्मत गरेको स्थानिय धनश्याम वुढाले जानकारी दिनुभएको छ । वर्षातले एक अर्काे वस्ति जोड्ने गोरेटो वाटो र खोला किनारामा रहेका पुल पुलेसाहरु छेदविच्छेद वनाएकोेले स्थानियलाई आवतजावत गर्न कठिनाई भैरहेको थियो । पछिल्लो समयको निरन्तर वर्षा पछि छेतविच्छेद वनेका गोरेटो वाटो मर्मत भए पछि स्थानियलाई आवतजावत गर्न र घट्ट पिस्न सजिलो हुनेभएको स्थायिले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार