होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • गौमुल
  • गृहमन्त्री सहितकाे टाेली राहात लिएर बाजुरा आउंदै
गौमुल

गृहमन्त्री सहितकाे टाेली राहात लिएर बाजुरा आउंदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गृहमन्त्री सहितकाे टाेली राहात लिएर बाजुरा आउंदै

नागरिक रैबार
बाजुरा २ भदौ
गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ ।
यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे ।
अाज अाउन लागेकाे गृहमन्त्री सहितकाे टाेलीमा बाजुराबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा, सुदूरपश्चिमका गृहमन्त्री प्रकाश शाह, पुर्व उद्याेमन्त्री कर्ण बहादुर थापा लगायतका नेताहरू अाउने बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन् ।
प्रजिअ गैरेका अनुसार गृहमन्त्री सहितकाे टाेली थापाथली ब्यारेकमा अवतरण हुने र गाैमुलकाे सिम, बडीमालिकाकाे घाघर र बुढीगंगाकाे दवारी, बल्दे र ताप्री सेराकाे अवलाेकन गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै