होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाढी प्रभावित क्षेत्रको सांसद रेग्मीद्वारा स्थलगत अनुगमन
Breaking News

बाढी प्रभावित क्षेत्रको सांसद रेग्मीद्वारा स्थलगत अनुगमन

  • नागरिक रैबार
बाढी प्रभावित क्षेत्रको सांसद रेग्मीद्वारा स्थलगत अनुगमन

अनिल शाही/बाजुरा ३ भदौ  । बुधबार रातिको अविरल ष्र्षा पछिको बाढी पहिरो प्रभावित क्षेत्रको प्रदेश सांसद बलदेव रेग्मीले स्थलगत अनुगमन गरेका छन् । राति भारी वर्षा भएपछि बुढीनन्दा नगरपालिका वडा नं ३, २, १ र ६ मा जनधनको समेत क्षति भएको छ ।

सो क्षतिको अवस्था अनुगमन गर्न सांसद रेग्मीसहित बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्ट्रि रेग्मी वडा नं १ का अध्यक्ष नृपराज खत्री, वडा नं २ का वडाध्यक्ष भिमबहादुर कार्की, बुढीनन्दा नगरपालिकाका सूचना अधिकारी गोकर्णराज रेग्मी, पत्रकार अनिल शाही, नहकुल जोशी लगायतको सहभागिता सहित अनुगमन गरिएको हो ।

बाढीपहिरोले बुढीनन्दा नगरपालिका वडा नं ६ दैयाँका झिमु ल्वारको मृत्यु भएको छ भने सयौँ हेक्टर जमिन बगरमा परिणत भएको छ । यतिबेला गृह नगरपालिकामा रहेका सांसद रेग्मीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै ठूलो मात्रामा खेतियोग्य जमिनको क्षति भएको बताए ।

विज्ञापन

बाढी पहिरोका कारण वडा नं २ को खेतीयोग्य जमिनमा क्षति भएको छ भने बड्डीगार्ड खोलाले वडा नं एकको बाँधु माद्यामिक विद्यालयको जमिन कटान गरी भवनसमेत उच्च जोखिममा परेको छ । गयरातिको वर्षाले विद्यालयको गेटसमेत भत्कीएको छ भने कटान गरीरहेकाले विद्यार्थी अध्ययन गर्ने भवनमा समेत क्षति हुने अवस्था आएको विद्यालयका प्रधानाध्यापक नैनबहादुर कार्कीले बताए ।

त्यस्तै, कर्णाली नदीमा रहेको पिलुचौर पुलको जगन्नाथ गाउँपालिकाको पिलुचौर क्षेत्रमा नदीले बाटो भत्काएको छ । उता वडा नं ३ का अध्यक्ष रामबहादुर बोहोराले वडा नं तीनको क्षतिग्रस्त स्थानको अनुगमन गरेको बताए । उनले डोक्डाका ३ वटा घर उच्च जोखिममा परेको र अन्य २७ घर परिवार पूर्वपट्टीको सुरक्षित स्थानमा बसीरहेको बताए ।

त्यस्तै, खुवाका २ वटा घर, कालगोठीका ३ वटा कुलो, नुरीको बृहत खानेपानीको सहायक ट्याङ्की र वडा नं ३ र ४ जाने गोरेटो बाटोमासमेत क्षति पुगेको बताए । उनले वडा नं तीन जाने रोडका कारण नभई माथिबाटै लेदोसहित बाढी आएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार