होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बाजुरामा बाढीपहिराे- २ काे मृत्यु, २ घाइते
पत्रपत्रिका

बाजुरामा बाढीपहिराे- २ काे मृत्यु, २ घाइते

  • नागरिक रैबार
बाजुरामा बाढीपहिराे- २ काे मृत्यु, २ घाइते

नागरिक रैबार/बाजुरा ३ भदौ । मंगलबार राति आएको वर्षापछि बाजुराका विभिन्‍न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन् । पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् । राति सुतेको बेलामा घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए ।

बुढीनन्दा नगरपालिका वडा नम्बर २ धुपागाढ खोलामा बाढी आएको छ । धुपागाढ खोलामा बाढी आएपछि कोल्टीका स्थानीय सुरिक्षत स्थानमा सरेका छन् ।मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले बाजुरामा बाढीपहिरोबाट भएको क्षतिको अनुगमन गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै