होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाढीपहिरोले बृद्धाको ज्यान गयो, लाखौंको क्षति
बाजुरा बिशेष

बाढीपहिरोले बृद्धाको ज्यान गयो, लाखौंको क्षति

  • नागरिक रैबार
बाढीपहिरोले बृद्धाको ज्यान गयो, लाखौंको क्षति

 नहकुल जोशी/कोल्टी ३ भदाै। बाजुरामा बुधवार विहानको बाढीपहिरोमा परि एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ६ लाटुवस्तीकी ७५ बर्षीया झिमा ल्वारको मृत्यु भएको प्रहरीले जनाएको छ।

गयराति घट्ट पिस्न गएकी ल्वारलाई बड्डीगाड खोलामा आएको बाढीले बगाएको थियो । उनको शव पिलुचौर नजिक खोला किनारामा भेटिएको प्रहरीले जनाएको छ । पिलुचौरमा एक अर्को शवपनि भेटिएको र त्यसको पहिचान हुन नसकिरहेको प्रहरीले जनाएको छ । “शव क्षतविच्छेद अवस्थामा रहेको छ । पुरानो गाढेको शव हो वा बाढीले बगाएको हो त्यो एकिन हुन सकेको छैन,”कुण्डा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले बताए।

बुधवार विहान भारी बर्षा भएपछि जिल्लाका विभिन्न खोलामा बाढीपहिरो गएको छ । बड्डीगाड खोलाले बुढीनन्दा नगरपालिकाको वडा नं १,२ र ६ का विभिन्न स्थानमा क्षति पुगेको विवरण प्राप्त भएका छन । बुढीनन्दा नगरपालिकाका स्थिति कोल्टी बजारको खानेपानी लाईन बगाउँदा खानेपानीको अभाव सृजना भएको छ भने सडक यातायात पनि विच्छेद भएको छ ।

विज्ञापन

बुढीनन्दा नगरपालिकाको वडा नं २ को धुपे खोलामा आएको बाढीले सो खोला आसपासको खेती योग्य जग्गा बगरमा परिणत भएको छ । स्थानियको करिव २० रोपनी खेती योग्य जमिन बाढीले बगर बनाएको स्थानिय जंगकुमार गिरीले बताए। बाढीले स्थानिय प्रदिपराज जोशीको कुटानीपिसानी तथा पेलानीमिल र मशाला उद्योग बगाएको छ ।

सो मिल बगाउदा ३० लाख वरावरको क्षेति भएको सञ्चालक प्रदिपराज जोशीले बताएका छन । त्यस्तै स्थानिय टेकराज रेग्मीको घर पनि खोलाले बगाएको बताइएको छ । कुण्डा खोलाको अधिकांस जग्गामा सिचाई हुने माझ कुलो, कोट कुलो र तल्लो कुलाको नहर, खोला किनारमा रहेका पानी घट्ट समेत बगाएको छ ।

त्यस्तै बुढीनन्दा नगरपालिका वडा नं चारमा आएको टिमडे खोलाको बाढीले भावना आधार भुत विद्यालयको खानेपानीलगायत स्थानियका घटट् वगाएको वडा अध्यक्ष राजन कुमार रोकायाले जानकारी दिनुभएको छ । आज विहान करीव तिन वजेतिर आएको खोलाले स्थानियको वाली नालीमा ठुलो क्षेति पुर्र्याएको छ भने खेति योग्य जमिन कटान गरी वगरमा परीणत भएको बताईएको छ । वाढीका कारण सिमचौर स्थित भुडालघु जलविद्युत आयोजना तत्काल स्थान्तरण गर्नुपर्ने देखिएको वडाअध्यक्ष रोकायाले बताउनु भएको छ ।

कोल्टीको धुपे खोलाको किनारा हुदै वडा नं ३ पुग्ने सडक निर्माण भएको थियो । सो सडक निमाणर् हुदाँ माथिबाट झरेको माटोले माथिबाट आयको ठुलो पानी थुनियो र सोहि थुनियको पानी फूटेपछि त्यसले तल्लो क्षेत्रमा ठुलो क्षति भएको स्थानिय गोकणर् रेग्मीले बताए ।

स्थानिय सरकारले वातावरणीय प्रभाव मूल्याङकन नगरी जथाभावि सडक खनेका कारण पनि तल्लो क्षेत्रमा ठुलो क्षति भएको स्थानियले बताएका छन । धुपे खोलामा आएको बाढीका कारण कणर्ाली नदीमा पनि पानीको सतह बढेर पिलुचौर पुलको जगन्नाथ गाउँपालिका क्षेत्रतिरको भाग बगाउदा कणर्ाली पुलमा आवतजावत गर्न कठिनाई भएको छ । पिलुचौर पुलबाट स्वामीकार्तिक गाउँपालिकामा आवत जावत गर्न कठीनाई भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार