शुक्रबार, अशोज ९, २०७७
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • गृहमन्त्री थापासहितकाे टाेली बाजुरा पुग्याे
बुढीगंगा

गृहमन्त्री थापासहितकाे टाेली बाजुरा पुग्याे

  • नागरिक रैबार
गृहमन्त्री थापासहितकाे टाेली बाजुरा पुग्याे

नागरिक रैबार
बाजुरा २ भदौ
गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुरा अाईपुगेकाे छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा अाएकाे बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितकाे टाेली बाजुरा अाईपुगेकाे हाे ।
गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेकाे हाे । टाेलीले गौमुल गाउंपालिकाकाे सिम
सिम, बडीमालिकाकाे घाघर, बुढीगंगाकाे सेरा र पुर्विउत्तरि क्षेत्र पिलुचौर लगायतका ठाउँमा स्थलगत अनुगमन गर्ने बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले बताएका छन् ।
यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे ।
मंंगलबार गृहमन्त्री सहितकाे टाेलीमा बाजुराबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा, सुदूरपश्चिमका गृहमन्त्री प्रकाश शाह, पुर्व उद्याेमन्त्री कर्ण बहादुर थापा लगायतका नेताहरू बाजुरा अाईपुगेकाे बाजुराका प्रजिअ गैरेले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार