होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ असोज। रानीवन स्पोट्र्स युथ क्लव मार्तडीले बडीमालिका नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।क्लवले जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाले सदरमुकाममा खेल क्षेत्रमा आवश्यक लगानी नगरेको भन्दै सोमबार नगरपालिकाको ध्यानाकर्षण गराएका हो । रानीवन स्पोट्र्स युथ क्लवका अध्यक्ष धुव्र बहादुर रोकायाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न चार बुदे मागसहित राखिएको छ । जसमा तत्काल खेलमैदानको […]
नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० स्थित सिगाडामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा सोही वडाका ३६ वर्षिय मने साउँद रहेका छन् । सोमबार विहान घर नजिकैको भैसी खर्कमा गएको बेला साउँदलाई भालुले आक्रमण गरेको स्थानीय पारस रावलले बताएका छन् । उनले भनेभालुले आक्रमण गरी […]
नागरिक रैबार/बाजुरा ११ असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित परिवारले लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् । वडा कार्यालयमा ताला लगाउने पक्षसंग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आईतबार जवरजस्ती ताला खोलिएपछि स्थानीय आक्रोसित भएका हुन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास […]
शेरबहादुर सार्की/बाजुरा असोज ११ बाजुरा। तीन महिना देखि अवरुद्ध बन्दै गएको साँफे-मार्तडी राजमार्ग अबको केही दिन भित्रै सञ्चालनमा आउने भएको छ । लगातार परेको पानीका कारण बार्जुगाड देखि मार्तडी सम्म सडकको बीच बीचमा पहिरो गएपछि सो राजमार्ग तीन महिना देखि अवरुद्ध हुँदै आएको थियो । सडक भत्किएको ठाउँमा डोजरले लगातार काम गर्दै गएकोले अबको तीन […]
रामबहादुर विक/बाजुरा ९ असोज। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं २ बाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । वडा नं २ की २१ बर्षिया केशपुरा सार्कीलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको जगनाथ गाँउपालिकाका प्रवक्ता डवल बहादुर बिकले बताउनु भएको छ । गर्भवती सार्की घरमा सूत्केरी हुन नसकेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन ल्याईको थियो […]
राजेन्द्र बिक बाजुरा ९असोज । सेतो गुराँस बालबिकास सेवा बाजुरा द्वारा संचालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रम भर्चुअल गोस्ठी मार्फत सप्पन्न भएको छ। जिल्ला भित्रका ८ ओटा स्थानीय तहहरुमा नियमित रुपमा प्रारम्भिक बालविकास कार्यक्रमको गुणस्तर सुधार गर्न स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा विभिन्न कृयाकलापहरु संचालन भई […]
अनिल शाही/बाजुरा ९ असोज। कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढी बाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढी देखि बाजुरा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना परीक्षणका लागि सेती प्रादेशीक अप्पताल धनगढीमा स्वाव संकलन गराउनु भएका उहाँ […]
नागरिक रैबार/बाजुरा ८ असोज। काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो ! यो भनाई नेपाली काँग्रेस पार्टी परित्याग गरि सोमबार मात्रै नेकपामा प्रवेश गरेका बडीमालिका नगरपालिका १ का युवा गणेश खड्काको हो । उनले भने हामी हो विगत देखि काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सहयात्रा गरेर बसेका थियौं । […]
रामबहादुर विक/ बाजुरा ८ असोज। बाजुराका महिलाहरु पछिल्लो समयमा सिलाईकटाई व्यवसायमा सक्रिय भएर लागेका देखिन्छन् । चुलो, चौकोमा मात्रै सिमित हुनुभन्दा आयआर्जन मुलक सीप गरेर महिलापनि आफै आत्मनिर्भर बन्न सक्छन् भन्ने उद्देश्यले यहाँका कतिपय महिलाहरु पछिल्लो समयमा यो पेशालाई व्यवसाय नै बनाएर लागेका देखिन्छन् । दर्गम तथा पिछडीएको जिल्ला भनेर चिनिने बाजुराका हरेक ग्रामिण स्तरमा […]
नागरिक रैबार/बाजुरा ८ असोज । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित परिवारले वडा कार्यालयमा तालावन्दि गरेका छन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई प्रमुख स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा तालावन्दि गरेका हुन् । वडा अध्यक्ष बलबहादुर थापा र […]
राजेन्द्र बिक/बाजुरा ८असोज । स्थानीय लेखकहरुको क्षमता अभिबृदीका लागि संचालित ५दिने कार्यशाला सम्पन्न भएको छ।बालबालिकाको शिक्षण सिकाइमा तहगत पाठ्यपुस्तकको महत्व बुझाउन तथा स्थानीय लेखकहरुको क्षमता अभिबृदी गराइ तहगत सरल किताब लेखी Bloom Book Library मा भएका पुस्तकहरु खोल्न र डाउनलोड गर्न सकुन भन्ने उदेश्यका साथ संचालन भएको तालिम यहि असोज ४गतेबाट शुरु भइ आज सम्पन्न […]
रामबहादुर विक/बाजुरा ८ असोज। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि ३ सिप्टमा पढाई संचालन हुँदै आएको छ ।कोरोना भाईरस कोभिड-१९ का कारण गत चैत ११ गते देखि सरकारले जारी गरेको लकडाउनका कारण विद्यालय सञ्चालन हुन् सकेका थिएन्न । लामो समय देखि बन्द भएका सामुदायिक विद्यालयहरुमा अहिले क्रमस पढाई संचालन हुन […]
जीवन कैला/कोल्टी ८ असोज । बाजुराको वुढीनन्दा नगरपालिका वडा नं दुईमा रहेको कोल्टी डिपोमा आज देखि खाद्यान्न वितरण सुरु भएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड डिपो कार्यालय कोल्टी बाजुरामा आज देखि खाद्यान्न वितरण सुरु भएको हो । संस्थानमा खाद्यान्न अभाव भएको करीव दुई महिना पछि कार्यालयमा चामल पुगे लगत्तै विक्रि वितरण गर्न […]
शेरबहादुर सार्की/बाजुरा ७ असोज। बाजुराका किसानलाई यती बेला जंङ्गली जनावरबाट खेती कसरी जोगाउ भन्ने निकै चिन्ता परेको छ । पाक्न लागेको धानबालीमा जंङ्गली जनावर भालु, बँदेल र बाँदरको रजाँइ हुनथालेपछि किसान चिन्ता परेका छन् । पछिल्लो समय जिल्लाका अधिकाशं ठाउँमा सामुदायिक बनको सङ्ख्या वृद्धि हुँदै गएपछि जंङ्गली जनावरको सङ्ख्या पनि बढेर ती जनावर खेतीमा पस्न […]
बाजुरा–बाजुराको खप्तड छेडेदह गाँउपालिका २ बस्ने ६० बर्षिय दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवा लगायत सेवाबाट बञ्चित भएका छन् । दुरपतिको पनि नागरिकता बनेको छैन् भने उनका २५ बर्षकी छोरी मना सार्की र २० बर्षका छोरा तेज सार्कीले समेत नागरिकता पाउँन सकेका छैनन् । दुरपतिको बृद्धभत्ता पाँउने उमेर भइसकेको छ, भने उनका छोरा तेज […]
शेरबहादुर शार्की/बाजुरा ७ असोज। गत बैशाख, जेठ र असारमा कोरोना सङ्क्रमितको दर निकै वृद्धि हुँदै गएको बाजुरा पछिल्लो समयमा भने सङ्क्रमित हुनेको सङ्ख्या शुन्यमा झरेको छ । कामको खोजी तथा अध्ययनको सिलशिलामा नेपाल तथा विदेशका विभिन्न ठाउँबाट लकडाउनका समय बाजुरा प्रबेश गरेका झण्डै ४० हजार भन्दाबढीको स्वाब सङ्कलन गरेर पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५७६ जना […]
चक्र बहादुर अएडी/बाजुरा ७ असोज। बाजुरा त्रिवेणी नगरपालिकामा वडा नम्वर ८ मा पैमा प्रहरी चौकीले लुकाई छिपाई ल्याईरहेको अबैध बदिरा बरामत गरि नस्ट गरेको छ । त्रिवेणी नगरपालिका ९ मा रहेको बडिमालिका प्रहरी चौकी पैमा बाट खटिएको प्रहरी हवल्दार भिमसिंह धामिको कमाण्डमा खटिएको टोलिले विशेस सुचनाको आधारमा बाम्का बजार बाट लैजादै गरेको अबैध मदिरा मगलबार […]
नागरिक रैबार/ बाजुरा ६ असाेज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य एवं कानुन तथा न्याय विभाग प्रमुख नेता पुरबहादुर रावतले पार्टी मातहतका कमिटीमा आवद्ध नेता तथा कार्यकर्ताले जनस्तर माथि उकास्ने काम नगरी सुखी जनता, समृद्ध नेपाल नहुने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी बुढीनन्दा नगरपालिका वडा नं. ९ को वडा संगठन […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीले नगरपालिकाका शाखाहरुसंग अन्तरक्रिया गरेको छ । मंगलबार नेकपा बडीमालिका नगरसंगठन कमिटीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर नगरपालिकाका शाखाहरुले चालु आर्थिक वर्षमा विनियोजन गरेका योजना र वार्षिक बजेटको कार्यान्वयनका बारेमा अन्तरक्रिया गरेको हो । स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि वर्षेनी विनियोजन हुने बजेट र कार्यान्वयन […]
नागरिक रैबार/बाजुरा ६ असोज। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले बगाउँदा मृत्यु भएकी बडीमालिका नगरपालिका २ घाघरकी ६७ वर्षिया ऐसेनी महतको नाममा सत्यवादी माविमा अक्षय कोषको स्थापना गरेको छ । स्वग्रीय महतको मंगलबार परेको ४५ औं दिने तिथिको अवसरमा मृतक महतका श्रीमान महाविर महत र छोराहरु डम्बर महत, कर्ण महत र प्रेम […]