होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • धानबालीमा जनावरको रजाँइ, किसान चिन्तामा
बुढीगंगा

धानबालीमा जनावरको रजाँइ, किसान चिन्तामा

  • नागरिक रैबार
धानबालीमा जनावरको रजाँइ, किसान चिन्तामा

शेरबहादुर सार्की/बाजुरा ७ असोज। बाजुराका किसानलाई यती बेला जंङ्गली जनावरबाट खेती कसरी जोगाउ भन्ने निकै चिन्ता परेको छ । पाक्न लागेको धानबालीमा जंङ्गली जनावर भालु, बँदेल र बाँदरको रजाँइ हुनथालेपछि किसान चिन्ता परेका छन् । पछिल्लो समय जिल्लाका अधिकाशं ठाउँमा सामुदायिक बनको सङ्ख्या वृद्धि हुँदै गएपछि जंङ्गली जनावरको सङ्ख्या पनि बढेर ती जनावर खेतीमा पस्न थालेका छन् ।

जिल्लाको बडिमालिका , त्रिवेणी, बूढिगङ्गा , नगरपालिका र छेडेदह गाउँपालिकाका लगायतका ठाउँमा किसानले लगाएको धानबाली पाक्न लागेकै समयमा ती जंङ्गली जनावरको रजाँइ हुन थालेको छ । बूढीगङ्गा नगरपालिका स्थानीय जुनकला सार्कीले भन्नुभयो, धानखेती जंङ्गली जनावरले सबै उजाड पारिदियो अव के खाएर बाँच्ने आफुलाई निकै चिन्ता पसेको छ ।

उहाँले भन्नुभयो,चैत बैशाख महिना पाखो जमिनमा कडा परिश्रम गरेर धान खेती लगाएपनि त्यो खेती पाक्न लागेकै समय सधै यसरी नै जंङ्गली जनावर आएर उजाड पार्छन् । नेपालीहरुको महान चाँडपर्व दशै नजिककै आउन लागेको छ ।

विज्ञापन

दशैको बेला घरमा पाहुना आउने गर्छन् उहनीहरुलाई के खुवाउनु ,घरमा अरु केही खाने कुरा छैन् बिकले भन्नुभयो, यस भन्दा पहिला यसै धानबालीबाट दशैमा आउने पाहुनाहरुलाई खुवाउन सहज हुन्थ्यो । धानबाली जोगाउन दिनमा हेरालो लाग्ने गर्छु तर रातमा आएर बाली सबै नष्ट पार्छन् सार्कीले भन्नुभयो ।

यता डिभिजन वन कार्यालय बाजुराका प्रमुख भिमप्रसाद कंडेलले भन्नु भयो, किसानहरुको लगाएको खेती नष्ट पार्‍यो भन्दैमा वन्यजन्तुहरुलाई मार्न नपाउने भएकोले किसानहरुले आफुले लगाएको खेतीलाई आफैले सुरक्षा गर्नु पर्ने हुन्छ । उहाँले भन्नुभयो, सामुदायिक वन नजिकै रहेको खेती जङ्गली जनावरले नष्ट गरेको भए कृषि ज्ञान केन्द्र बाजुराले खेतीको प्रकृति हेरेर मुल्याङ्कन गर्छ त्यसैको आधारमा प्रहरीको मुचुल्का साथै सामुदायिक बनको लेटर प्याडमा सिफारिस ल्याएर डिभिजन वन कार्यालय बाजुरामा पेश गरेपछि जिल्ला वन कार्यालयले राष्ट्रिय निकुञ्जलाई राहतका लागि सिफारिस गरिदिन्छु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार