होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुखी जनता, समृद्ध नेपाल उसै बन्दैन् – नेता रावत
राजनीति

सुखी जनता, समृद्ध नेपाल उसै बन्दैन् – नेता रावत

  • नागरिक रैबार
सुखी जनता, समृद्ध नेपाल उसै बन्दैन् – नेता रावत

नागरिक रैबार/ बाजुरा ६ असाेज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य एवं कानुन तथा न्याय विभाग प्रमुख नेता पुरबहादुर रावतले पार्टी मातहतका कमिटीमा आवद्ध नेता तथा कार्यकर्ताले जनस्तर माथि उकास्ने काम नगरी सुखी जनता, समृद्ध नेपाल नहुने बताएका छन् ।


सोमबार नेपाल कम्युनिष्ट पार्टी बुढीनन्दा नगरपालिका वडा नं. ९ को वडा संगठन कमिटीले आयोजना गरेको कार्यक्रता भेटघाट, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा कुरा राख्दै युवा नेता रावतले भने हामी जो कोहीपनि कम्युनिष्ट विचार धाराका मान्छे हौ भन्ने तर, सामान्य कम्युनिष्टमा हुनु पर्ने चरित्रसमेत नदेखाउँने यिनै प्रवृत्तिले यहाँ न कोही जनता सुखी हन्छन् न देश समृद्ध हुन्छ । पछिल्लो समय जिल्लामा युवा वेरोजगार भयौँ । यहाँ केही काम छैन् । नेताले केही गरेनन् । पार्टी केही बोल्दैन् । देशमा केही रोजगारीका बाटा छैनन् । गाउँमा योजना छैनन् भनेर अनावश्यक न कुर्लिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

विज्ञापन


यो नेकपाले जितेको वडा हो । वडामा आफ्नै अध्यक्षलगाएतको टिम छ । कमिटीले बनाएका योजना सफल पार्ने । अरु भन्दा पृथक भएर प्रस्तुत हुने । सृजनशिल रचनात्मक तरिकाले काम गर्ने । कामको पारदर्शी तवरबाट हिसाव किताव राख्ने । योजना सम्पन्न गर्न समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गर्ने गराउँने । कमिटीको कुनैपनि पदाधिकारी उपभोक्ता समितिमा नबस्ने । खाली चियापसलमा गफ चुटेर नबस्ने । नयाँ नयाँ कामका योजना बनाउँने । वेरोजगार युवाहरुलाई हरकाममा अग्रसर गराउँने बताए ।

गाउँमा सुशासन कायम गर्ने । वेथिति विसंगतिका विरुद्ध एकजुट भएर लाग्ने । उचनिजको हिसावमा कोही कसैलाई नहेर्ने । गाउँमा पछि परेका, पारिएका वर्गसमुदायको सर्वोपरिहित हुने खालका गतिविधीमा संलग्न हुने । अनि पो नेकपाको मान्छे हुँ भन्ने हो ।नत्र कोही यती वर्ष पुरानो संगठित सदस्य हुँ । उती वर्ष पुरानो सदस्य हुँ । मेरा बाउँबाजे कम्युनिष्ट हुन् त्यसैले म पुरानो कम्युनिष्ट कार्यकर्ता हुँ । यि पछिका हुन् । यिनलाई केही थाहा छैन् । केही गर्न सक्दैनन् भनेर निराशावादी सोच राखी कम्युनिष्ट पार्टीको मान्छे हुँ नभने कै जाति हुन्छ ।

पछि संगठित हुँदैमा पछि नै पर्नु पर्छ भन्ने मान्नेता त्याग्नुस् । सृजनशिल बन्नुस् । क्रियाशिल हुनुस् । संगठन विस्तारमा लाग्नुस् । पार्टीका असल कामको प्रचारप्रसार गर्नुस् । सुधार गरिनु पर्ने कुराहरुको विषयमा पार्टी कमिटीमा आएर छलफल गर्नुस् । अनि त्यसै बलियो नेकपा । अनि त्यसै बलियो वडा । अनि त्यसै बलियो हर कार्यकर्ता । हर कार्यकर्ता सक्षम भए हर मान्छे सुखी । हर मान्छे सुखी भए देश त्यसै सम्वृद्धि भैहाल्यो । अनि भएन कम्युनिष्ट पार्टीले लिएको लक्ष्य पुरा ? भयो नि हैन् । कार्यकर्तालाई सम्झाउँदै उनले भने ।


नेकपा बुढीनन्दा वडा नं. ९ नम्बर संगठन कमिटीले आयोजना गरेको उक्त कार्यक्रम परे रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा बाजुराका सचिवालय सदस्य एंव कानुन तथा न्याय विभाग प्रमुख पुरबहादुर रावत रहेका थिए । साथै विशिष्ट अतिथिमा सोही वडाका वडा अध्यक्ष खडक बहादुर बोहरा, प्रेस संगठनका केन्द्रीय लेखा आयोग सदस्य प्रेम विक, वडा कमिटीका पदाधिकारीहरु र नेकपा सममर्थक उल्लेख्य कार्यकताहरु समेतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार