होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो !
राजनीति

काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो !

  • नागरिक रैबार
काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो !

नागरिक रैबार/बाजुरा ८ असोज। काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो ! यो भनाई नेपाली काँग्रेस पार्टी परित्याग गरि सोमबार मात्रै नेकपामा प्रवेश गरेका बडीमालिका नगरपालिका १ का युवा गणेश खड्काको हो ।

उनले भने हामी हो विगत देखि काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सहयात्रा गरेर बसेका थियौं । पछिल्लो समयमा आएर काँग्रेस वडाकै नेताले काँग्रेस बाजुराको समग्र नेतृत्व गरिरहँदा सामाजिक न्याय, समानता, गुणस्तरीय विकास तथा सामाजिक रुपान्तत्रणमा प्रभावकारी भुमिका खेल्न नसकेको र यथास्थिति प्रवित हावी भएको हुँदा हामी नेपाली काँग्रेस पाटीमा रहन सक्ने स्थिति नरहेको उनले पार्टी प्रवेश गर्ने बेला भनेका थिए ।

बडीमालिका १ मा गत सोमबार नेकपा वडा संगठन कमिटीको दोस्रो वैठक तथा जनता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा सोही वडाका गणेश खड्का सहित १० जनाले काँग्रेस पार्टी छाडेर नेकपामा प्रवेश गरेका थिए । सोही विषयलाई लिएर नेपाली काँग्रेसकै वडा नं. १ को कार्यसमितिले काँग्रेस छाडेर नेकपामा प्रवेश गरेकाहरुलाई नेकपाले जवरसस्ती प्रलोभन देखाएर पार्टी प्रवेश गरेको भन्दै विहिबार विज्ञप्ति निकालेको थियो ।

विज्ञापन

नेपाली काँग्रेस १ नंम्बर वडा कार्यसमितिले निकालेको विज्ञप्ति र किनारा न्युजको भ्रामक समाचारप्रति काँग्रेस छाडेर नेकपा प्रवेश गरेका गणेश खड्का, पदम कार्की, गम्भिर कार्की, दिल कार्की, झलक कार्की, वीरबहादुर कार्की, धनबहादुर कार्की, कृष्ण विक, तिलक कार्की र डवल कार्कीले खेद प्रकट सहित विज्ञप्ति निकालेका छन् ।

Image may contain: 5 people, people standing, grass, outdoor and nature

Image may contain: 5 people, including Gagan Rawal, people standing, mountain, outdoor and nature

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार