होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • मालिकामा विद्यार्थीको चाप बढेपछि तीन सिप्टमा पढाई संचालन हुँदै
शिक्षा

मालिकामा विद्यार्थीको चाप बढेपछि तीन सिप्टमा पढाई संचालन हुँदै

  • नागरिक रैबार
मालिकामा विद्यार्थीको चाप बढेपछि तीन सिप्टमा पढाई संचालन हुँदै

रामबहादुर विक/बाजुरा ८ असोज। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि ३ सिप्टमा पढाई संचालन हुँदै आएको छ ।कोरोना भाईरस कोभिड-१९ का कारण गत चैत ११ गते देखि सरकारले जारी गरेको लकडाउनका कारण विद्यालय सञ्चालन हुन् सकेका थिएन्न ।

लामो समय देखि बन्द भएका सामुदायिक विद्यालयहरुमा अहिले क्रमस पढाई संचालन हुन थालेका छन् । मालिका माविमा अहिले विद्यार्थीको चाप बढी भएपछि ३ सिप्टमा पठन पाठन गरिरहेको छ । जस अनुसार कक्षा १ देखि ५ सम्म विहान ११ देखि साढे १ बजेसम्म, त्यस्तै ९ र १० कक्षा १२ देखि साढे दुई सम्म र २ देखि ४ कक्षासम्म ६ देखि ८ कक्षा सम्म गरि पठन पाठन भईरहेको छ ।


जिल्लाकै नमुना विद्यालयका रुपमा परिचित मालिकामा वर्षेनी विद्यार्थीको चाप बढ्ने गर्दछ । यस वर्ष पनि विद्यालयमा ईसिडि देखि कक्षा १० सम्म ११ सय ८५ जना बढी विद्यार्थीहरु भर्ना भएका छन् ।

विज्ञापन

विद्यार्थी शिक्षण शिकाई निर्देशिका २०७७ बमोजिम नेपाल सरकारद्धारा जारी मापदण्ड अनुसार विद्यालयले सामाजिक दुरि कायम, मास्क र सेनिटाईजरको प्रयोग गरेर विद्यार्थीहरुको नियमित पठनपाठन गरिरहेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताउनु भएको छ ।

नेपाल सरकार तथा जिल्ला शिक्षा समन्वय इकाइले तोकेको मापदण्डको पालना गरी विद्यालयमा पठनपाठन सुरु गरिएकोे विद्यालयले जनाएको छ । यस अघि स्वास्थ्य कार्यालय बाजुराले विद्यालयलाई क्वारिन्टाईन स्थलको रुपमा प्रयोग गरेको थियो ।

६ महिना देखि बन्द रहेको विद्यालय सञ्चालन हुदाँ निकै खुशी लागेको मालिका माविमा अध्ययनरत विद्यार्थीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार