होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तह संग कार्यक्रमको प्रगति समिक्षा बारे भर्चुअल गोष्ठी
समाचार

स्थानीय तह संग कार्यक्रमको प्रगति समिक्षा बारे भर्चुअल गोष्ठी

  • नागरिक रैबार
स्थानीय तह संग कार्यक्रमको प्रगति समिक्षा बारे भर्चुअल गोष्ठी

राजेन्द्र बिक बाजुरा ९असोज । सेतो गुराँस बालबिकास सेवा बाजुरा द्वारा संचालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रम भर्चुअल गोस्ठी मार्फत सप्पन्न भएको छ।

जिल्ला भित्रका ८ ओटा स्थानीय तहहरुमा नियमित रुपमा प्रारम्भिक बालविकास कार्यक्रमको गुणस्तर सुधार गर्न स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा विभिन्न कृयाकलापहरु संचालन भई हाल सम्म सेतो गुराँस बालविकास सेवा बाजुराले गरेको प्रगति र यसबाट अभिभावक वालवालिका र सरोकारवालाहरुको ब्यवहारमा पारेको सकारात्मक प्रभावका साथै आगामी दिनमा कसरी स्थानीय तहसंग समन्वय र सहकार्य गरी प्रारम्भिक बालविकास कार्यक्रमलाइ निरन्तरता दिने भन्ने विषयमा बडिमालिका,त्रिवेणी,बुढीगंगा, बुढीनन्दा नगरपालिका तथा हिमाली,खप्तड छेडेदह,जगन्नाथ र गौमुल गाउपालिका अन्तरगतका नगर प्रमुख,उप प्रमुख,अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा र स्वास्थ्य संयोजक लगाएत सामाजिक विकास शाखाका प्रमुखहरु,यूनिसेफ नेपालका प्रतिनिधी, राष्ट्रिय सेतो गुराँस र जिल्ला सेतो गुराँसका कर्मचारी तथा कार्य समितिका पदाधिकारीहरु विच समिक्षा कार्यक्रम संचालन भइ सम्पन्न भएको हो ।

युनिसेफ नेपाल,सेतो गुराँस राष्ट्रिय बालविकास सेवा ललितपुरको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रमको दिगोपनाका रणनितीहरु तथा स्थानीय तहको प्रतिवद्धता के रहने भनि राखिएको उद्देश्य अनुसार कार्यक्रमको संचालन भएको सेतो गुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम प्रबन्धक देबु खातिले बताउनु भएको छ ।

विज्ञापन

कार्यक्रममा ३६ जनाको सहभागिता रहेको प्रबन्धक खातिले जानकारी दिनुभएको छ । अभिभावक शिक्षा र एकिकृत प्रारम्भिक वालविकास योजना तर्जुमा कार्यक्रमलाई आगामी दिनमा स्थानीय तहले निरन्तरता दिन पहल गर्ने र प्रारम्भिक वालविकासको क्षेत्रमा स्थानीय तहको लगानीमा वृद्धि गराउने प्रतिवद्धता सहभागी स्थानिय तहका जनप्रतिनिधिले जाहेर गर्नु भएको सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले बताउनु भएको छ।

नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत बाजुरा जिल्लाका ८स्थानीय तहमा प्रारम्भिक उमेरका बालबालिकाको सर्बाङ्गिण बिकासका लागि अभिभावक शिक्षा,अभिभावक भेटघाटका माध्यम बाट बालबालिकालाइ घरमा पढ्ने बानिको बिकास गराउने,बालबालिकाको सिकाइ गुणस्तर अभिबृद्दिका लागि प्रारम्भिक बालबिकास केन्द्र का सहजकर्तालाई तालिम दिने लगायत का सिकाइ प्रभावकारी बनाउन महत्त्वपूर्ण क्रियाकलाप संचालन भइरहेका थिय।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार