होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • करीव दुई महिना पछि कोल्टी डिपोमा खाद्यान्न पुग्यो
Breaking News

करीव दुई महिना पछि कोल्टी डिपोमा खाद्यान्न पुग्यो

एकै दिन ७५ क्वीन्टल चामल वितरण

  • नागरिक रैबार
करीव दुई महिना पछि कोल्टी डिपोमा खाद्यान्न पुग्यो

जीवन कैला/कोल्टी ८ असोज । बाजुराको वुढीनन्दा नगरपालिका वडा नं दुईमा रहेको कोल्टी डिपोमा आज देखि खाद्यान्न वितरण सुरु भएको छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड डिपो कार्यालय कोल्टी बाजुरामा आज देखि खाद्यान्न वितरण सुरु भएको हो । संस्थानमा खाद्यान्न अभाव भएको करीव दुई महिना पछि कार्यालयमा चामल पुगे लगत्तै विक्रि वितरण गर्न सुरु गरेको खाद्य संस्थान कार्यालय कोल्टीले जनाएको छ ।

खाद्यान्न अभावका कारण लामो समय देखि विक्रि वितरण वन्द भएकोे कोल्टी डिपोबाट आज मात्र १५ किलोका दरले ७५ क्वीन्टल चामल वितरण भएको संस्थान प्रमुख नविन प्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

विज्ञापन

उहाँका अनुसार अहिले खाद्यान्न डिपो कार्यालय वर्दियाको राजापुर र जिल्ला सदरमुकाम मार्तडी बाट ढुवानी भएको सो चामल वितरण गरीएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुख्य शाखा कार्यालय राजापुर बाट कोेल्टी डिपोका लागि एक हजार क्वीन्टल चामलको माग भए पनि सो अनुसारको चामल पुग्न नसकेको कार्यालयले जनाएको छ ।

डिपोका लागि एक हजार क्वीन्टल चामल चलानी भए पनि वाटो अवरुद्ध हुदा खच्चर मार्फत ढुवानी गर्नुपर्ने भएकाले अहिले सवै ढुवानी हुन नसकेको संस्थान प्रमुख आर्चायले बताउनुभयो । हाल सम्म संस्थानमा ४ सय १५ क्वीन्टल चामल पुगि सकेको र वाकी रहेको ५ सय ८५ क्वीन्टल चामल ढवानीको प्रक्रियामा रहेको पनि उहाँले बताउनुभएको छ ।

त्यस्तै शाखा कार्यालय मार्तडी बाट प्राप्त भएको १ सय ३१ क्वीन्टल खाद्यान्न मध्य १ सय २० क्वीन्टल विक्रि वितरण भैसकेको जनाईएको छ । कार्यालयमा केहि चामल ढुवानी भैसकेको र केहि हुन वाकि रहेको भए पनि स्थानियको समस्यालाई मध्यनजर गर्दै कार्यालयले आज देखि ढुवानी भएको खाद्यान्न वितरण गर्न सुरु गरेकोे छ ।

कोल्टी डिपो प्रमुख निविन प्रसाद आचार्यले दिनुभएको जानकारी अनुसार कार्यालयमा चामल लिन आउनेको आज अत्याधिक भिडभाड भएको र एउटै घर परीवारका तिन चार जना भन्दा वढि आएका कारण आईतवार सम्मका लागि विक्रि वितरण स्थगित गरीएको छ ।

भिडभाडले एका तिर कोरोना संक्रमणको जोखिम वढ्न सक्ने डर र अर्को तिर चामल अभावको समयमा कसैलाई प्रसस्त हुने र कसैलाई नपुग्ने समस्याले स्थगित गरीएको हो । आउदो आईतवार देखि कार्यालय बाट विक्रि वितरण पुन सुरु हुने भएकाले खाद्यान्न लिन आउने नागरीकले सम्वन्धित ब्यक्तिको नागरीकता, मास्क, सेनिटाईजर र सामाजिक दुरी अनिवार्य गरीदिनहुन संस्थान कार्यालय कोल्टीले अनुरोध गरेको छ ।

संस्थानमा गत वर्षको मौजाद खाद्यान्न विक्रि वितरण भैसकेको र यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुदा खाद्यान्न ढुवानीमा समस्या भएको थियो । ठेकेदारको लाप्रवाहीका कारण कोल्टी डिपोमा समयमा चालम ढुवानी हुन नसक्दा बाजुराको निर्वाचन क्षेत्र नं कका चारवटा स्थानिय पालिकाका लगायत बाजुरा जिल्ला आस पास क्षत्र संग समिाना जोडियका हुम्ला, मुगुका नागरीक लाई खाद्यान्न अभाव भैरहेको छ । लगातारको वर्षातका कारण बाटो अवरुद्ध हुदा खाद्यान्न ढुवानी हुन नसकेको बाजुरामा लामो समय पछि खच्चर मार्फत चामल ढुवानी भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार