होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन दिनपछि सडक सञ्चालनमा आउने
समाचार

तीन दिनपछि सडक सञ्चालनमा आउने

  • नागरिक रैबार
तीन दिनपछि सडक सञ्चालनमा आउने

शेरबहादुर सार्की/बाजुरा असोज ११ बाजुरा। तीन महिना देखि अवरुद्ध बन्दै गएको साँफे-मार्तडी राजमार्ग अबको केही दिन भित्रै सञ्चालनमा आउने भएको छ ।

लगातार परेको पानीका कारण बार्जुगाड देखि मार्तडी सम्म सडकको बीच बीचमा पहिरो गएपछि सो राजमार्ग तीन महिना देखि अवरुद्ध हुँदै आएको थियो ।

सडक भत्किएको ठाउँमा डोजरले लगातार काम गर्दै गएकोले अबको तीन दिन भित्रै बार्जुगाड देखि जडाङ्गा सम्म सडक सञ्चालनमा ल्याउँन सकिने सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

विज्ञापन

भदौबाट नै सडक मर्मत गर्न लागेको भएपनि निरन्तर वर्षा भएकोले समयमै सडक सञ्चालनमा ल्याउन नसकेको सडक डिभिजन कार्यालय साँफे बगर अछामका इन्जिनियर दमन कुमार विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, बार्जुगाड ,अम्कोटको बल्दे, द्धारीमा ठुलो पहिरो गएको कारण त्यसमा काम गर्न निकै समस्या भएपछि अँफै तीन दिन लाग्ने भएको हो । एक साइडबाट बाटो खोल्दै गएको र फेरी माथीबाट पहिरो आउँदै गरेपछि त्यसलाई पन्छ्याउँदा पन्छ्याउँदै निकै समय लाग्ने गरेको विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, बार्जुगाड देखि जगाङ्डा सम्म यातायातका सवारी साधन सुचारु भएपनि सिधै मार्तडी सम्म सुचारु हुन भने अँझै केही समय लाग्ने भएको छ । गत साउन २५ गते राती आएको बाढीले जडाङ्गा नदिमा रहेको वेलिब्रिज बगाएकोले सो ठाउँमा होम पाइपको व्यवस्था भएपछि मात्र यतायातका सवारी साधान सिधै मार्तडी सुचारु हुने इन्जिनियर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले दशै र तिहारलाई मध्यनजर गर्दै यातायातको सुविधा दिने गरी सडक मर्मत भएपनि स्थायी रुपमा मर्मत गर्न भने अँझै समय लाग्ने छ । वर्षादका कारण रागमार्ग सँगै जोडिएका धेरै पुलहरु पुणर्रुपमा क्षेती भएका छन् तुरुन्तै पुल निर्माण कार्यलाई अगाडी बढाउँनका लागि पनि माथिल्लो निकाय सँग कुरा भइरहेको साँफेमार्तडी सडक डिभिजन कार्यालय अछामका इन्जिनियर विष्टले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार