होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका दलित परिवारले लगाए वडा कार्यालयमा ताला
समाचार

बाजुराका दलित परिवारले लगाए वडा कार्यालयमा ताला

  • नागरिक रैबार
बाजुराका दलित परिवारले लगाए वडा कार्यालयमा ताला

नागरिक रैबार/बाजुरा ८ असोज । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित परिवारले वडा कार्यालयमा तालावन्दि गरेका छन् ।

चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई प्रमुख स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा तालावन्दि गरेका हुन् ।

विज्ञापन

वडा अध्यक्ष बलबहादुर थापा र वडा सदस्य दलबहादुर साउँदले मनामा रहेका दलित समुदायलाई लक्षित गरि असभ्य र अपमानित शव्द बोलेकोले वडा कार्यालयमा तालावन्दि गरिएको स्थानीय पुष्प मिजारले बताएका छन् ।

बडीमालिका ५ नम्बर वडाले हिजोमात्रै वडामा चालू आर्थिक वर्ष २०७७/०७८ मा निर्माण हुने योजनाहरुको उपभोक्ता समिती गठन कार्य सम्पन्न गरेको थियो ।

Image may contain: 17 people, including Padam Saud, Bal Bdr Thapa, Chhatra Saud and Chakra Saud, people sitting and outdoor

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार