होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हवाई जहाजबाट कोल्टी आएका एक व्यक्तिमा कोरोना देखियो
Breaking News

हवाई जहाजबाट कोल्टी आएका एक व्यक्तिमा कोरोना देखियो

  • नागरिक रैबार
हवाई जहाजबाट कोल्टी आएका एक व्यक्तिमा कोरोना देखियो

अनिल शाही/बाजुरा ९ असोज। कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढी बाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढी देखि बाजुरा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि सेती प्रादेशीक अप्पताल धनगढीमा स्वाव संकलन गराउनु भएका उहाँ बाजुरा पुगे पछि मात्र रिपोट आयो । रिपोर्ट पोजेटिभ आए पछि अहिले उहाँलाई सेल्भ आइसोलेसनमा राखिएको छ भने सो हवाई जहाज मार्फत आएका अन्य शिक्षक र स्थानियलाई पनि घरमा सुरक्षित एकान्तवासमा वस्न भनिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीका अनुसार सोहि जहाजमार्फत आयका स्वामीकार्तिक खापर गाउँपालिकाका अन्य ८ जनालाई घरमै आइसोलेसनमा वस्न आग्रह गरिएको बताउनुभयो ।

हवाई जहाजमा संगै आउदा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उहाँहरुलाई एकान्तवासमा वस्न र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै जानकारी गराउन सूचीत गरिएको उहाँले बताउनुभयो । ४ गतेबाट विद्यालय खुले संगै विद्यालयमा फर्किएका शिक्षकहरुमा समेत कोरोना संक्रमण खत्तरा देखिएको स्थानियको भनाई छ ।

विज्ञापन

हवाई र सडक यातायात खुकुलो भए पछि मानिसको आउजाउ बढेकाले यस अघि कोरोनाका संक्रमित शुन्य भई सकेको बाजुरामा पुनः संक्रमित देखिएकाले सचेत रहन र आवश्यक दुरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा दयाकृष्ण पन्तले कारोनाको रिपोट पोजेटिभ आयको जानकारी प्राप्त भएको र स्थानिय तहले स्वावको संकलन गरेर पठाउने ब्यवस्था गरेमा आफू धनगढीमै रहेकाले आवश्यक समन्वय गर्न सकिने बताउनुभएको छ ।

उहाँले स्वास्थ्य साखालाई धनगढीबाट आएका ब्यक्तिहरुलाई सुरक्षित स्थानमा वस्नका लागि आवश्यक काम गर्न भनिएको र स्थानियलाई थप सचेत हुन आग्रह गर्नुभयो । यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले गाउँपालिकाले आवश्यक काम गरी रहेको कुनै जटिल अवस्था आय सोहि अनुरुप काम गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

मा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार