होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ५ पुस जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का सामुदायिक तथा निजि विद्यालयहरू १० दिनका लागि बन्द गरिने भएका छन् । सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यामिक विद्यालयका ४ जना विद्यार्थीमा काेराेना पाेजेटिभ देखिएपछि साे विद्यालय लगायत ८ र ९ का सबै सामुदायिक तथा निजि विद्यालय १० दिनका लागि बन्द […]
नागरिक रैबार/बाजुरा २ पुस। जिल्लाको बडीमालिका नगरपालिकाका ३ महिला सहित ११ जना पुरुषमा कोरोना पोेजेटिभ देखिएको छ । मंसिर ३० गते बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका २ सय ४८ जनाको स्वाव संकलन गरेर धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाएको र उनीहरु मध्ये ४८ जनाको कोरोना टेष्ट गर्दा ३ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो […]
नागरिक रैबार/बाजुरा २ पुस। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीका कारण बगाएको बेलिवृज पुनः निर्माण कार्य सुरु भएको छ । बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माण गर्न लागिएको सडक डिभिजन कार्यलय साँफेबगरले जनाएको छ । उक्त ठाउँमा बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको […]
नागरिक रैबार/बाजुरा १ पुस। आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेशको समितिमा बाजुराका पत्रकार निमेन्द्र शाही सदस्यमा चयन भएका छन् । नेपाल पर्यटन बोर्ड अन्तरगतको आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेश समितिमा बाजुराका पत्रकार शाही चयन भएका हुन् । समितिमा माया प्रकाश भट्ट संयोजकमा रहने गरी ११ सदस्यीय कार्यसमिति तोकिएको हो । जसमा बाजुराबाट निमेन्द्र शाही, डडेल्धुरा विनोद […]
नागरिक रैबार/बाजुरा ३० मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य नेकपा नेतृ स्वग्रिय पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा स्वर्गीय शाहीको मंगलबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । श्रद्धान्जलीसभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे […]
नागरिक रैबार/ बाजुरा ३० मंसिर।बडीमालिका नगरपालिका वडा नं. ९ तुफानडाँडा देखि बडुवालवाडा सम्मको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । वर्षातको समयमा बाटो माथिबाट खसेको पहिरोले उक्त क्षेत्रको बाटो पुरै भत्केको छ । भत्केको बाटोमा दिनहुँ पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय निशान्त बडुवालले बताएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको […]
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेपाली काँग्रेसले बाजुरामा पनि केपि ओली नेतृत्वको सरकारको विरोधमा मार्तडीमा प्रदर्शन गरेको छ । वर्तमान सरकारको कार्यशैलीले बेथिति बढेको भन्दै प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकबाट सरकारको विरोध गर्दै नारा जुलससहित सडकमा उत्रेको नेपाली काँग्रेस बाजुराले विरोध प्रर्दशनको कोण सभा लोकतान्त्रिक […]
नागरिक रैबार/बाजुरा २८ मंसिर । बाजुराबाट सन्चालन भइरहेको बडीमालिका खबर अनलाइनले चलाएको अभियानले बुढिनन्दा नगरपालिका वडा न १ का धनबहादुर रावतको बनेको छ । बडिमालिका खवरको अभियान अन्र्तरगत बिभिन्न सहयोगी दाताहरुको समन्वयमा रावतको घर निर्माण कार्य सम्पन्न भएकाे हो । बडिमालिका खवरको अभियान र बाजुरा घर भइ हाल भारत कर्मथलाे बनाएका अभियानता टेकराज गिरी, बुद्ध […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। स्थानीय सरकारका कामकारवाहीहरू जनतामूखी र जवाफदेही बनाउनका लागि बडीमालिका नगरपालिकाको आयोजना र GIZ नेपालको सहयोगमा मंसिर २५ र २६ गते गरी २ दिने गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख बडुवालको अध्यक्षतामा सन्चालित कार्यक्रममा नगर उप प्रमुख कविता बिष्ट, ९ वटै वडाका वडाध्यक्ष, नगरपालिका सवै शाखाका शाखा प्रमुखहरू, नेपाल पत्रकार महासंघ […]
नागरिक रैबार/बाजुरा २८ मसिर। जिल्लाकाे बडीमालिका नगरपालिका वडा न ६ काेर्थमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, बडिमालिका नगरपालिका पशु सेवा शाखा, सहयोगी हातहरुको समुह (सहास) नेपाल, लिफ्ट परियोजना बाजुरा को संयुक्त आयोजनामा उक्त शिविर बडिमालिका नगरपालिका वडा नं ६ कोर्धमा सम्पन्न भएकाे पशु […]
सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविकाे विद्यालय व्यवस्थापन समितिकाे गठन अाज हुने भएकाे छ । २०७३ साल असाेजमा भएकाे विव्यस लाई पुनर गठन गर्दै मालिका माविकाे नयां विद्यालय व्यवस्थापन समिति अाज गठन हुने मालिका माविले बताएको छ । विव्यय गठन कार्यक्रमा विद्यालयका अभिभावक र शिक्षा प्रेमिहरू विद्यालयमा सहभागी भएका छन् ।
बाजुरा: बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका–१ बार्ताेलामा बुधबार साँझ जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज ३१० नम्बरको जीप बार्ताेलामा दुर्घटना हुँदा ८ जना घाइते भएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ। धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका–२ का ३७ वर्षीय […]
अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने परीयोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बेलायत सरकार, नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा संचालन भएको कोभिड–१९ जिविकोपार्जन तथा आर्थिक पुर्नउथ्थान कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरीको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमा आईडिएस नेपालका कार्यकारी निर्देशक […]
अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ पार्तोलामा जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिकाको धुलाचौर देखी कोल्टी आउदै गरेको यात्रुबाहक जिप दुर्घटना भएको हो । जयमालिका यातायात प्रालिको से १ ज ३ १० नम्बरको जिप दुर्घटना हुदा ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । हिजो […]
नागरिक रैबार/बाजुरा २२ मंसिर। जिल्लास्थित क्रियाशिल संचारकर्मीहरुसंग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईपास नेपाल पिसविन बाजुराको आयोजनामा उक्त कार्यक्रम सदरमुकाम मार्तडीमा गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बाजुरामा सुरक्षित गर्भपतनको सेवा र संचारकर्मीको सुरक्षित गर्भपतन सम्वन्धि समाचार सम्प्रेषण गर्ने भुमिका बारे छलफल गरिएको छ । कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तथ्याकं प्रमुख रुगम […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले बाजुरामा पत्रकार महासंघ स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेको छ । महासंघले लामो समयको प्रयासपछि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आफ्नै भवन निर्माण गरेको हो । शनिबार हिन्दु परमपरा अनुसार पुजापाठ गरेर आइतबार आजबाट आफ्नै भवनमा कार्यालय संचालन गरिएको छ । शाखा स्थापना भएको […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ मा रहेको लक्ष्मी माद्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । शैक्षिक शत्रको अन्त्य आउन लाग्दा पनि विद्यालयले पाठ्यपुस्तक उपलव्ध नगराएपछि विद्यालयमा ताला लगाएका हुन् । कोभिड-१९ का कारण ८ महिनासम्म पढाई नभएको र विद्यालयमा शिक्षकको पुर्ति र विद्यालयमा समयमै पाठ्यपुस्तक नदिएपछि विद्यार्थीले ताला लगाएको विद्यार्थीले […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाको वडा नं ७ बाँधुकि एक महिला ७० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका ७ बाँधुकि अन्दाजी ३८ वर्षिया रत्ना आउजी रहेकी छन् । आउजी गत असोज ११ गते विहान पिलुचौरबाट हराएकोे र अहिलेसम्म पनि खोजी गर्दा कतै नभेटिएको आफन्त बसन्ती नेपालीले बताएकि छन् । बेपत्ता […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको गौमुल गाउँपालिकालाई समेटेर बनाईएको पवित्र गौेमुलका भुमि लोकदेउडा गीत भिडियोसहित बजारमा आएको छ । गौमुल गाउँपालिकाका विभिन्न संस्कृति परम्परालाई समेटेर तयार पारिएको उक्त गीत शुक्रबार भिडियो सहित सार्वजनिक भएको हो । गौमुल गाउँपालिकाकै अर्जुन रोकाया र चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा रहेको उक्त गीत शुक्रबार विशेष डिजिटल युट्युव च्यानल […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको बडीमालिका नगरपालिका ९ को रानिवन स्पोट्र्स क्लव डोटीमा भएको शैलेश्वरी जोरायल फुटवल कप प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिबार डोटीको जोरायलमा भएको सेमिफाईनल खेलमा आयोजक जोरायल स्पोट्र्स क्लवलाई पराजित गर्दै बाजुराको रानिवन स्पोट्र्स क्लव प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । शनिबार भएको सेमिफाईनल खेलमा रानिवन स्पोट्र्स युथ क्लव बाजुरा […]