होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगा नदिको जडाङ्गामा बेलिवृज निर्माण कार्य सूरु
बाजुरा बिशेष

बुढीगंगा नदिको जडाङ्गामा बेलिवृज निर्माण कार्य सूरु

  • नागरिक रैबार
बुढीगंगा नदिको जडाङ्गामा बेलिवृज निर्माण कार्य सूरु

नागरिक रैबार/बाजुरा २ पुस। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीका कारण बगाएको बेलिवृज पुनः निर्माण कार्य सुरु भएको छ ।

बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माण गर्न लागिएको सडक डिभिजन कार्यलय साँफेबगरले जनाएको छ ।

उक्त ठाउँमा बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । उक्त बेलिवृज निर्माणको ठेक्का एमएस एमके विल्डर्ष एण्ड कन्सल्टेन्सी कम्पनि कैलालीले पाएको थियो ।

विज्ञापन

ठेकेदार कम्पनिले वेलिवृज निर्माणका लागि आवश्यक सामानहरु ढुवानी गरिसकेको र बेलिवृज निर्माणको काम सूरु गरिएको सडक डिभिजन कार्यालय साँफे बगरका प्रमुख ललित खनालले बताएका छन् ।

उहाँका अनुसार बेलिब्रिज निर्माण कार्य आउँदो माघ मसान्त भित्र सक्ने तयारी रहेको छ ।  बाजुराको सदरमुकाम मार्तडी सम्म नियमित यातायातका साधानहरु संचालन गर्न माघभित्रै वेलिवृज निर्माण कार्य सम्पन्न गर्ने डिभिजन प्रमुख खनालको भनाई छ ।

गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढिले बेलिब्रिज सँगै झोलङ्गे पुल र खेतियोग्य जमिन समेत बगाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै