होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रानिवन स्पोट्र्स क्लव शैलेश्वरी फुटवल कपको फाईनलमा प्रवेश
खेलकुद

रानिवन स्पोट्र्स क्लव शैलेश्वरी फुटवल कपको फाईनलमा प्रवेश

  • नागरिक रैबार
रानिवन स्पोट्र्स क्लव शैलेश्वरी फुटवल कपको फाईनलमा प्रवेश

नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको बडीमालिका नगरपालिका ९ को रानिवन स्पोट्र्स क्लव डोटीमा भएको शैलेश्वरी जोरायल फुटवल कप प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

शनिबार डोटीको जोरायलमा भएको सेमिफाईनल खेलमा आयोजक जोरायल स्पोट्र्स क्लवलाई पराजित गर्दै बाजुराको रानिवन स्पोट्र्स क्लव प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

No description available.

विज्ञापन

शनिबार भएको सेमिफाईनल खेलमा रानिवन स्पोट्र्स युथ क्लव बाजुरा र आयोजक शैलेश्वरी जोरायल युथ क्लवविच भएको खेलमा दुवै टिमविच खेल बरावरी भएपछि दुवै टिमका खेलाडीहरुलाई पेनाल्टी सुट मार्फत खेल खेलाईएको थियो ।

No description available.

पेनाल्टि सुट आउटमा आयोजक जोरायल स्पोट्र्स क्लवले ४ गोल गर्दा रानीबन स्पोट्र्स क्लवले ५ गोल गर्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

No description available.

प्रतियोगिताको ‘म्यान अफ दि म्याच‘ मा राविवन स्पोट्र्स क्लव बाजुराका (७) नम्बर खेलाडी दिपक विक १ हजार सहित घोषित भएका छन् ।

No description available.

भोलि हुने फाईनल खेलमा बाजुराको रानिवन स्पोट्र्स क्लव र कैलालीको मुसुरीया युथ क्लव विच फाईनल खेल हुने भएको छ ।

No description available.

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाण पत्र सहित प्रदान गरिने छ भने उपविजेतालाई ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

No description available.

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका ११ वटा टिम सहभागि भएका थिए । खेल मंसिर १७ गतेबाट संचालन भएको हो । बाजुराबाट रानिवन स्पोट्र्स क्लव भने पहिलोपटक डोटीको जोरायलमा जारी खेलमा सहभागि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार