होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • पवित्र गौेमुलका भुमि लोकदेउडा गीत बजारमा (भिडियोसहित)
सेलिब्रेटी

पवित्र गौेमुलका भुमि लोकदेउडा गीत बजारमा (भिडियोसहित)

  • नागरिक रैबार
पवित्र गौेमुलका भुमि लोकदेउडा गीत बजारमा (भिडियोसहित)

नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको गौमुल गाउँपालिकालाई समेटेर बनाईएको पवित्र गौेमुलका भुमि लोकदेउडा गीत भिडियोसहित बजारमा आएको छ । गौमुल गाउँपालिकाका विभिन्न संस्कृति परम्परालाई समेटेर तयार पारिएको उक्त गीत शुक्रबार भिडियो सहित सार्वजनिक भएको हो ।

गौमुल गाउँपालिकाकै अर्जुन रोकाया र चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा रहेको उक्त गीत शुक्रबार विशेष डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

No description available.

विज्ञापन

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराकै दुर्गममा रहेको पर्यटकीय क्षेत्र गौमुल गाउँपालिकाका सवै स्थानहरुलाई समेटेर छायाकंन गरिएको देउडा शुक्रबारबाट युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

गीतलाई यस अघि नै प्रतिनिधि सभा सदस्य माननीय लालबहादुर थापाले विमोचन गरेका थिए । शुक्रबार मात्रै युट्यु च्यानल मार्फत बजारमा आएको उक्त गीतलाई राजेश पायलले निर्देशन गरेका छन् ।

गौमुल गाउँपालिकाका सवै ठाउँलाई समेटेर बनाईएको उक्त गीतमा निशान्त रोकाया र ईव्सल सञ्यालको मुख्य भुमिका देख्न सकिन्छ । लामो समय देखी कला क्षेत्र तथा नाट्य क्षेत्रमा काम गर्दै आएका निशान्त रोकायाले सो देउडा गितमा अभिनय गरेका छन भने गीतमा गाउँपालिकाका अन्य स्थानीयहरुलाई पनि देख्न सकिन्छ ।

गीतको शव्द भने गौमुलकै हरिलाल रोकायाले लेखेका हुन भने लय र स्वर गायक अर्जुन रोकायाको रहेको छ । राजेश पायलको निर्देशनमा तयार गरिएको उक्त भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन भने तपेश जोनले क्यामरामा कैद गरेका हुन् । गीतको अडियो विशेष डिजिटल स्टुडियोबाट तयार गरिएको हो । गीतको अडियो सम्पादन कृष्ण बाजुरालीले गरेका हुन् भने सो गीतको एरेन्ज विजयथापा मगरले गरेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार